शुक्रबार, १९ असार २०८३
नेपाली

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा दुई प्रतिशतले घट्यो

Main News Image

काठमाडौँ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर दुई प्रतिशतले घटाएको छ ।

नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४२ रुपैयाँ कटौती गरेपछि विभागले स्वचालित मूल्य प्रणालीका आधारमा नयाँ भाडादर कायम गरेको हो । बिहीबार सार्वजनिक सूचना जारी गर्दै विभागले यो परिमार्जित भाडादर आजैका मितिदेखि देशभरका लामो दूरीका सवारीसाधनमा लागू हुने स्पष्ट पारेको छ ।

विभागले यसअघि भाडादर समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र नयाँ मूल्यसूची अनुसार नेपालमा डिजेलको मूल्य प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि भाडा घटाइएको हो ।

mediabaaji add

सम्बन्धित खबर

आठ अङ्कले घट्यो नेप्से, दुई अर्ब ८३ करोडभन्दा बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ६५१ दशमलव ५२ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेट...

सरकारले १० अर्बको ९ वर्षे ‘विकास ऋणपत्र २०९१’ निष्कासन गर्दै

काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।  अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र २०९१’ नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो ।

कार्यालयले मङ्गलव...

शनिबार कुन विदेशी विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र...

अर्थमन्त्रीलाई प्रश्नः आम्दानीको स्रोत के देख्नुभयो र कर्मचारीको तलब बढाउन लाग्नुभएको ?

रुषा थापा__________________

काठमाण्डौँ । सहकारी, लघुवित्त, फाइनान्स टाट पल्टिएको पाँच वर्ष बढी बितेको छ । अहिले त बैंकमा पनि संकट देखिन थालिसक्यो । मुलुकमा आर्थिक मन्दी छाएको पनि उत्तिकै समय भएको छ । यसबीचमा शेरबहादुर देउवादेखि...

निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत बजेटलाई परिमार्जन गरेर वृद्धि गरेको छ । आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो, तर अर्थ मन्त्रालयले यसमा लगभग ४० प्रतिशत कटौती गर्दै ४ अर्ब ९६ करोड मात्र स...

शुक्रबार कस्तो छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...