मङ्गलबार, २० असोज २०८३
नेपाली

चिसो बढेसँगै तराईका अस्पतालमा टाउको दुखाइका बिरामी बढे

Main News Image

काठमाडौँ । तराई क्षेत्रमा चिसोको लहर बढेसँगै टाउको दुखाइको समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । चिकित्सकहरूका अनुसार चिसो हावा, तापक्रमको अचानक परिवर्तन र शरीरमा पानीको कमी यसका प्रमुख कारण हुन् ।

कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडोमा रक्तनली सङ्कुचित हुँदा टाउकोतर्फको रक्तप्रवाह घट्ने भएकाले टाउको भारी वा निरन्तर दुख्ने समस्या देखिन्छ। जाडोमा तिर्खा कम लाग्दा पानी कम पिउनु र डिहाइड्रेसन पनि टाउको दुखाइको कारण बन्ने उनले बताए।

मोटरसाइकल चालक, चिसोमा सुत्ने तथा लामो समय मोबाइल–कम्प्युटर प्रयोग गर्नेहरू बढी जोखिममा छन्। साथै, माइग्रेन र साइनसका बिरामीमा चिसो मौसमले समस्या झन् बढाउने चिकित्सकको भनाइ छ।

चिकित्सकहरूले पर्याप्त पानी पिउन, न्यानो कपडा लगाउन, घाम ताप्न र समस्या गम्भीर भएमा तुरुन्त चिकित्सकको परामर्श लिन सुझाव दिएका छन्।

mediabaaji add

सम्बन्धित खबर

पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता

काठमाण्डौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ प्यूघरमा जलेर बिग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी विद्युत् सेवा पुनः सञ्चालनमा लाइएको छ । नयाँ ट्रान्सफर्मर सो स्थानसम्म पुर्याउन स्थानीयवासी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले झोलुङ्गे पुलको सहारा...

आज महा शिवरात्री : पशुपतिका चारै ढोका खुला, दर्शनका लागि तीनवटा लाइन

काठमाण्डौँ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस...

भीमफेदी कारागारका १ सय ६८ कैदीबन्दी अझै फरार

बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४...

आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलन जाँचबुझ आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको हो । आयोगले माग...

सरकारको सम्पर्कमा आए १८१६ सुकुम्बासी परिवार

काठमाडौँ । काठमाडौँ उपत्यकाका १ हजार ८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा गएका छन् । काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारका अवैध संरचना हटाउने सरकारी कदमपछि हालसम्म १ हजार ८१६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा पुगेका हुन् ।

प...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही...