बुधबार, ११ कात्तिक २०८३
नेपाली

विश्व खाद्य सुरक्षा दिवस : दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु

Main News Image

काठमाडौँ । विश्वभर बढ्दै गएको दूषित खाद्यवस्तुको उपभोग र त्यसले जनस्वास्थ्यमा पारेको गम्भीर असरका बीच आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको पछिल्लो भयावह तथ्यांक अनुसार दूषित खाद्यवस्तुका कारण विश्वभर प्रत्येक वर्ष करिब ६० करोड मानिसहरू विभिन्न रोगको सिकार हुने गरेका छन् ।

अझ गम्भीर कुरा त के छ भने, यस्ता खाद्यजन्य रोगहरूका कारण मात्रै विश्वमा वार्षिक रूपमा करिब चार लाख २० हजार जनाले अकालमै ज्यान गुमाउनु परिरहेको छ । सुरक्षित खाद्यवस्तुको महत्त्व र यसको आवश्यकताका बारेमा व्यापक जनचेतना फैलाउन यो दिवसलाई विश्वव्यापी रूपमा उपयोग गरिँदै आएको छ ।


mediabaaji add

सम्बन्धित खबर

रायोको सागमा भेटियो उच्च विषादी

काठमाडौँ । कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्र...

दीर्घरोगीले फ्लूबाट बच्न बढी सावधानी अपनाउनु पर्छ : डा घिमिरे

काठमाडौँ । जाडो बढेसँगै इन्फ्लुएन्जा फ्लूको जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्ने हुन्छ । जनरल...

झन् बढ्यो काठमाडौँमा प्रदूषण

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउ...

सरकारले गर्‍यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित

काठमाण्डौँ । स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट रहेको भन्दै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगित गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले एक सूचना निकालेर जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्व...

सर्वसाधारणले खाने चामलमा विषादी

काठमाडौँ । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो । मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा...

काठमाडौं बन्यो विश्वकै पाँचौं प्रदूषित सहर, बाहिर व्यायाम तथा मर्निङ वाक नगर्न सुझाव

काठमाडौँ । काठमाडौंको वायु प्रदूषण निकै बढेर हाल गम्भीर संकटमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ । पछिल्लो तथ्यांकअनुसार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शी...