आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि
काठमाडौँ । २०८३ साल साउन ३ गते आइतबार सन् २०२६ जुलाई १९ तारिख। असार शुक्ल पक्षको षष्ठी तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।
यस्तो छ पूजा गर्ने विधि
आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ। पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ। त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्
प्रातस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्। ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे।
एक्सप्रेस
सम्बन्धित खबर
मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प...
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ। आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका र...
भेरी अस्पतालले मृत भनेर घर पठाएका शिशु जीवितै, अस्पतालले माग्यो माफी
काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले जीवितै बच्चालाई मृत भनेर घर पठाइदिएको खुलेको छ । घटना विवरणअनुसार गएको मंसिर २५ गते अस्पतालको लेबर कक्षमा भर्ना भएकी एक गर्भवतीले मंसिर २८ गते शिशुलाई जन्म दिएकी थिइन् । ६१७ ग्राम मात्रै तोलका ती शि...
कक्षा १२ को नतिजा प्रकाशन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो । गत वैशाख १४(२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका...
अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा ल्याइयो
म्याग्दी । हल्का वर्षासहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कार...
इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव
काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरण...



