शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

Main News Image

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन हुने किसिमका भिडियो बनाएको भन्दै पाँचथरका रोशन पोखरेल पक्राउ परेका हुन् ।

फाल्गुनन्द गाउँपालिका ७ का बासिन्दा पोखरेललाई जिल्ला प्रहरी कार्यालय, पाँचथरको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार, प्रहरीको साइबर ब्यूरोको अनुसन्धान र समन्वयका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । १० दिनको म्याद थप पक्राउ परेका पोखरेललाई अदालतबाट १० दिनको म्याद थपेर हिरासतमा राखिएको छ । उनीमाथि विद्युतीय कारोबार ऐन साइबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ११ जनालाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ११ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने १११, सिसिटि...

विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर...