रूसलाई थप दबाब दिन जेलेन्स्कीको आह्वान
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्यपि आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।
राष्ट्रपति जेलेन्स्कीले युक्रेन बैठकमा भाग लिन तयार रहेको पुष्टि गर्दै गत महिनामा दुई चरणको त्रिपक्षीय वार्तापछि सफलता हासिल गर्न नसकेको जिकिर गरेका छन् ।
यसको जिम्मेवार युक्रेन मात्र नभई अमेरिका पनि भएकाले आगामी वार्ता सफल बनाउन रूसमाथि दबाब दिनुपर्ने बताउन भएको छ । यसअघि नै राष्ट्रपति जेलेन्स्कीले अमेरिका जुन सम्ममा रूस र पुक्रेनको बीचको चार वर्ष लामो युद्ध समाप्त गर्न चाहेका बताएका थिए । रूसी विदेश मन्त्री सेर्गेया लाभ्रोभले युक्रेनी सङ्कटको समाधानका लागि वार्ता अझै जारी रहेको तर धेरै समन्वयहरु गर्ने बाँकी रहेको उल्लेख गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
अफगानिस्तानमा भीषण हिमपात र वर्षा, ३ दिनमा ६१ जनाको मृत्यु
काठमाण्डौँ । अफगानिस्तानको विपद् व्यवस्थापन एजेन्सीले तीन दिनमा देशका धेरै भागमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको शनिबार जनाएको छ । हिमपात र हिमपहिरोका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएको र ४०० भन्दा बढी घर ध्वस्त भएका छन्...
इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार
काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय मात्रै नभइ, विश्वव्यापी असर गहिरिँदै गएको सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य का...
अमेरिकामा बिरामी बोकेको विमान समुद्रमा खस्यो, सबैको मृत्यु भएको आशंका
काठमाण्डौँ । अमेरिकाको म्यासाचुसेट्सको तटबाट बेपत्ता भएको मेडिकल ट्रान्सपोर्ट विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ। हार्टबिट १०४ कलसाइन भएको उक्त विमान शनिबार बर्मुडाबाट बोस्टन जाँदै गर्दा बेपत्ता भएको थियो।
यद्यपि शनिबार साँ...
जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि
काठमाण्डौा । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर यसको मिति र समय निश्चित भइसकेको छैन । इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ ।
खामेनीको जन्म पनि...
पोल्याण्डको सीमा बलियो बनाउन जर्मनीले सेना पठाउने
काठमाडौँ । जर्मनीले पोल्याण्डको पूर्वी सीमा बेलारुस र रूसी भूभाग कालिनिनग्रादसँग जोडिएको बलियो बनाउन आफ्नो सेनाको एउटा समूह पोल्याण्डमा पठाउने निर्णय गरेको छ। मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले ग...
आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने
काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व आर्थिक मञ्च डब्ल्यूईएफ २०२६ मा भाग लिन आज स्विट्जरल्यान्डको डाभोसमा पुग्दै छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले बुधबार साँझ ग्रिनल्यान्डको भविष्य निर्धारण गर्ने एजेन्डासहित व...



