अपराध/ सुरक्षा
मन्दिरमा भेटिएको पेस्तोल खेलाउने क्रममा बालक घाइते
काठमाडौँ । सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश राम गोली लागेर घाइते भएका छन् । बालकको दाहिने हातको पञ्जामा चोट लागेको छ ।
घटना मलङ्गवा–४, ढाकाबोर्डर क्षेत्रमा भएको हो । प्रहरीले जानकारी दिएको अनुसार, बालक बेवारिसे पेस्तोल खेलाउने क्रममा गोली लागेर घाइते भएका हुन् । निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा पेस्तोल भेटिएको थियो । बालकले सो पेस्तोल नक्कली होला भनी चलाउँदा पड्किएको थियो ।
घाइते बालकलाई प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ र हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यसअघि गत आइतबार, मलङ्गवामा भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट हत्या भएको थियो । प्रहरीले आजको घटनामा प्रयोग भएको हतियार पनि सो हत्या घटनासँग सम्बन्धित हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ ।
ताजा समाचार
काठमाडौंबाट हराएका ५३ वटा मोटरसाइकल सवारीधनीले पाए
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा मोटरसाइकल र स्कुटर सवारीधनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफि...
३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई
काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका...
पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
काठमाण्डौँ । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय...
पैदलयात्री बृद्धालाई मुक्का हान्ने बम ७ दिनसम्म हिरासतमै
काठमाडौँ । पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालकलाई सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । मुक्का प्रहारको भिडियो भाइरल भएपछि मंगलब...
इन्स्पेक्टर वाङ्गेल लामा उत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । प्रहरी निरीक्षक इन्स्पेक्टर वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा...
पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ
काठमाडौँ । पैदलयात्रीलाई कुटपिट गरेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पारस बम रहेको ट्राफिक प्रहरी स्र...


