अपराध/ सुरक्षा
सीमावर्ती क्षेत्रमा निर्वाचन सुरक्षा कडाइ : अवैध कारोबार नियन्त्रणमा वृद्धि
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रौतहटको सीमा नाकामा कडाइ गरिएको छ। निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय बासिन्दाका अनुसार, भारतीय भूमिबाट रौतहटतर्फ अवैध रूपमा हातहतियार, गोली, बारुद, पटका र लागुपदार्थको कारोबार बढ्न सक्ने सम्भावना रहेको हुँदा कडाइ गरिएको हो । जिल्लास्थित प्रहरी संयन्त्र थप सशक्त र गतिशील बनाइएको छ, जसको परिणामस्वरूप तस्करीमा संलग्न गिरोहहरूको गतिविधि न्यून भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति र सुव्यवस्था कायम राख्न र जनतालाई आफ्नो अधिकार प्रयोग गर्न सुनिश्चित गर्न, सुरक्षा संयन्त्रले कडा निगरानी राखेको छ । रौतहट प्रहरी प्रमुख सीताराम रिजालका अनुसार, कर छली र अवैध सामानको भित्र्याइमा कमी आएको छ। प्रहरीले अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै यस अवस्थामा सुधार ल्याउन सफल भएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख कृष्णदेवप्रसाद साहले, सीमानाका क्षेत्रमा कडा सुरक्षा व्यवस्थाका कारण कर छली र अवैध कारोबार नियन्त्रणमा आएको जानकारी दिए । उनले भने, चोरबाटो हुँदै हुने गैरकानुनी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने दरमा वृद्धि भएको छ र चोरीतस्करीमा संलग्न गिरोह निष्क्रिय भएका छन् । साथै, सिम्रौनगढ प्रहरी कार्यालयले पछिल्लो तीन महिनामा ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको, १८ वटा मुद्दा दायर गरेको, ८० केजी गाँजासहित ४ जनालाई पक्राउ गरेको र ४६ हजार थान लागुऔषध हाइड्रोक्लोराइड बरामद गरेको जनाएको छ।
ताजा समाचार
अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पा...
खाद्यान्नमा मिसावट गर्ने १९ व्यवसायीविरुद्ध मुद्दा दायर
बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा द...
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार व्यवसायी पक्राउ
वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई...
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड
सिरहा । सिरहा कारागारमा नाइके पक्राउ परेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफ...
गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन
मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत...
वीरगन्जमा अवैध गोदाममा छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते
काठमाडौँ । पर्साको वीरगन्जमा अवैध रूपमा सञ्चालित गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्...


