अपराध/ सुरक्षा
अज्ञात समूहको आक्रमणबाट आमा-छोराको घटनास्थलमै मृत्यु, बाबु-छोरी गम्भीर
काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका वडा नं १ रहरियाडीमा आमा छोराको हत्या भएको छ । बुधबार बिहान समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका छोरा २४ वर्षीय रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० विजयराज पण्डितका अनुसार अज्ञात व्यक्तिको आक्रमणबाट परिवारका अन्य दुई सदस्य समेत गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा ५० वर्षीय घरमुली जगरूप मण्डल र उनकी छोरी २२ वर्षीया रीनाकुमारी छन् ।
उनीहरूको अवस्था गम्भीर रहेको र परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा रिसइबीका कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि हत्याको स्पष्ट कारण र संलग्न व्यक्तिहरूको पहिचान अझै हुन सकेको छैन । हत्या कसले र किन गरेको हो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।
यस घटनाले स्थानीय रहरियाडी क्षेत्रमा त्रास फैलाएको छ । घटनास्थललाई नियन्त्रणमा लिएर सुरक्षा सतर्कता बढाएको र तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी दोषीको खोजी कार्य तीव्र पारेको प्रहरीले जनाएको छ ।
ताजा समाचार
तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको । एकै चरणमा हुने यो निर्वाचनका लागि सेना, शशस्त्र प्रहरी, न...
चुनावमा भरपर्दो सुरक्षा योजना बनाएर परिचालित हुन आईजीपीको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो...
काठमाडौँमा ट्राफिक सप्ताह २०८२ जारी : सडक प्रयोगकर्तामा सचेतना फैलाउने अभियान भब...
काठमाण्डौँ । ट्राफिक सचेतनाको कमि र लापरवाहीले सवारी दुर्घटना नहोस् र कसैले पनि धनजनको क्षति ब्यहोर्न नपरोस् भन्ने उदेश्यका साथ काठमाडौँ उपत्यका ट्...
“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन स...
काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको आज छैटौँ दिन ट्राफिक प्रहरीले काठमाडौँ उप...
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकसहित ४ जना प्रहरी नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँको सितापाइलामा ट्राफिक सप्ताह अन्तर्गत आज ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा लागुपदार्थ सेव...
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैं...


