अपराध/ सुरक्षा
ट्राफिक सप्ताहमा २३ हजारभन्दा बढी लाभान्वित, ‘सानो लापरबाही ठूलो दुर्घटना’ सन्देश प्रवाह
काठमाडौँ । ट्राफिक सप्ताहको चौथो दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नारासहित दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सञ्चालन भइरहेको छ।
गत माघ २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म चल्नेछ । यस अवधिभर सडक सुरक्षा, ट्राफिक नियम र जिम्मेवार सडक प्रयोगसम्बन्धी जनचेतना फैलाउने विभिन्न कार्यक्रम सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
अभियानअन्तर्गत चौथो दिन मात्रै ६ हजार ५ सय २१ जना यात्रु तथा पैदलयात्रीलाई जेब्राक्रसिङ प्रयोग गरी सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाइएको छ । यस्तै, ६ सय जना चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण, विद्यालय तथा कलेजका ९ सय ५१ जना विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गरिएको छ।
ट्राफिक प्रहरीले ३ सय ९३ जना ट्राफिक स्वयंसेवक परिचालन गरेको छ भने २ हजार २ सय १७ जनालाई रात्रीकालीन विशेष सचेतना दिइएको छ। २ मिनेट कार्यक्रममार्फत २ हजार ३ सय ९७ जना चालक तथा परिचालकसँग प्रत्यक्ष संवाद गरिएको छ। साथै, ५ हजार २ सय ५ जना दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी चालकलाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी दिइएको छ।
लेन उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक लाइट उल्लङ्घन तथा तीव्र गतिजस्ता जोखिमपूर्ण व्यवहार गर्ने २ सय ३६ जनालाई सचेतनामूलक कक्षामा सहभागी गराइएको छ। यसैगरी, ६ सय १५ जनालाई आरक्षण सिट र यात्रुमैत्री व्यवहारसम्बन्धी सचेतना, १ सय जनालाई नागरिक सुनुवाइ तथा १ हजार ४ सय ३० जनालाई प्रभातफेरी कार्यक्रममा सहभागी गराइएको छ।
५ सय १६ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना गरिनुका साथै ३ सय ५७ जनालाई कानुनी कारबाहीसम्बन्धी सचेतना दिइएको छ। सवारी चालक अनुमति पत्रको लिखित परीक्षा दिने १ हजार १ सय ७० जना परीक्षार्थीलाई पनि ट्राफिक सचेतना प्रदान गरिएको छ। यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ६५ जना नेपाली सेनाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ।
यी सबै कार्यक्रमबाट चौथो दिन मात्रै २३ हजार ६ सय २४ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन् । साथै, ५ हजार २ सय ४८ जनालाई पर्चा–पम्प्लेट वितरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रूप लिन सक्ने यथार्थलाई आत्मसात् गर्दै सुरक्षित सडक संस्कारको विकास र सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको हो।
ताजा समाचार
सशस्त्रमा ६ डीआइजी बढुवा हुँदै
काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक डीआईजीका ६ पद रिक्त भएपछि केही दिनमा बढुवा निकाल्ने तयारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु...
ट्राफिक सप्ताहको दोस्रो दिन: उपत्यकामा २० हजार हाराहारी सडक प्रयोगकर्तामा सुरक्ष...
काठमाण्डौँ । सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन भइरहेको ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत...
सुरक्षाखबरको मञ्चमा कर्तव्यनिष्ठ सुरक्षाकर्मी र समाजसेवीको सम्मान
काठमाण्डौँ । शान्ति–सुरक्षा र उत्तरदायी पत्रकारिताबीच पुलको काम गर्दै आएको सुरक्षाखबर डटकमले आफ्नो यात्राको पहिलो वर्ष पूरा गरेको छ । पहिलो वा...
दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक स...
म्यादी प्रहरी भर्ना सुरु, युवाको चासो बढ्यो
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ । पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सकिने गरी १...
प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहा...


