शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ, मुख्य अभियुक्त अझै फरार

Main News Image

वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरूलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी कसूरको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं। १ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वडा नं १० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, पर्साको विन्दवासिनी गाउँपालिका ५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह , भारत विहार मोतिहारी रक्सौलका ४० वर्षीय प्रभु महतो, भागलपुर पोडियाका ३५ वर्षीय प्रितमकुमार चौधरी छन् ।

गत माघ २६ गते बिहान वीरगन्ज आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा भण्डारन गरिएको अबैध सामान नियन्त्रणमा लिन भएका सशस्त्र प्रहरी बल, वीरगन्ज भन्सार कार्यालयका प्रतिनिधि तथा सुरक्षाकर्मीको संयुक्त टोलीमाथि आक्रमण गरेको अभियोगमा छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी १२६ वटा मुद्दा दर्ता

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी गरेको छ भने एक सय २६ मुद्दा दर्ता गरेको छ । विभागको स्थापना ३१ असार ०६८ मा भए पनि २० असार ०६६ मा राजस्व अनुसान्धान विभागमार्फत सम्पत्ति शुद्धीकरण...

एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि...

काठमाडौँ । ललितपुरमा बोरामा प्याक गरिएको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्को एक व्यक्तिको पनि हत्या भएको खुलेको छ । हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव भक्तपुर–ललितपुर सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको हो...

काठमाडौं उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा

काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरू...

बालेनको घरमा चोरीको आशंका, गेट फुटाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको काठमाडौंस्थित घरमा चोरीको आशमकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । घरको गेटमा तोडफोड भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

‘फेक रेस्क्यु’मा संलग्न रहेको आरोपमा धादिङ ज्वालामुखीका तिवारीसहित दुई जना पक्राउ

काठमाण्डौँ । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यु’मा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एन्ड ट्राभल कम्पनी प्रालिका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र...

सुरक्षाखबरको मञ्चमा कर्तव्यनिष्ठ सुरक्षाकर्मी र समाजसेवीको सम्मान

काठमाण्डौँ । शान्ति–सुरक्षा र उत्तरदायी पत्रकारिताबीच पुलको काम गर्दै आएको सुरक्षाखबर डटकमले आफ्नो यात्राको पहिलो वर्ष पूरा गरेको छ । पहिलो वार्षिकोत्सवका अवसरमा संस्थाले सुरक्षा क्षेत्रमा जोखिम मोलेर सेवा गरिरहेका सुरक्षाकर्मी तथा समाजका विभ...