सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी १२६ वटा मुद्दा दर्ता
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी गरेको छ भने एक सय २६ मुद्दा दर्ता गरेको छ । विभागको स्थापना ३१ असार ०६८ मा भए पनि २० असार ०६६ मा राजस्व अनुसान्धान विभागमार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दा दायर गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण ऐन, २०६६ जारी भएपछि भने अर्थ मन्त्रालयमातहत रहने गरी विभागलाई यस्तो मुद्दा हेर्ने जिम्मेवारी दिइएको हो । सो मितिदेखि चालू आव ०८र८३ को ६ महिनासम्म एक सय २६ मुद्दा दर्ता गर्दा विभागले एक खर्ब दुई करोड रुपैयाँबराबरको बिगो दाबी गरेको छ ।
चालू आवको ६ महिना भने विभागले सम्पत्ति शुद्धीकरणविरुद्ध पाँचवटा मुद्दा दर्ता गरेको छ । उक्त अवधिमा विभागले विभिन्न कसुरमा सम्बद्ध ४४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्दै आठ अर्ब ८१ करोड रुपैयाँबराबरको बिगो दाबी गरेको हो । ६ महिनामा पाँचवटा मात्रै मुद्दा दर्ता भए पनि चार सय ५८ वटा उजुरी–सूचना आएको विभागले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
साइबर ब्यूरो कार्यालय भवन काठमाडौँ महानगरपालिकाले लियो
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिने भएको छ । यस विषयमा गृह मन्त्रालयले आज सहमति दिएको हो । आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षत...
गुरुङ र किलो १ को शङ्कास्पद कुराकानी !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले जेनजी आन्दोलनको चरम दिन भदौ २४ गते काठमाडौँका उपत्यका (किलो १) का तत्कालीन प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीसँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य सार्वजनिक भएको छ।।
ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिक पक्राउ
काठमाण्डौँ । पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी सोमबार सार्...
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीलाई चार र खाँणलाई दुई वर्ष कैद
काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका मुख्य अभियुक्त र मतियारहरूको सजाय निर्धारण गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनाराय...
गेस्टहाउसमा यौनजन्य गतिविधि बढेपछि स्थानीयको प्रदर्शन
जनकपुरधाम । जनकपुरका गेस्टहाउसमा अनैतिक गतिविधि हुने गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयले अनैतिक क्रियाकलाप गराउने गेस्टहाउस तथा होटललाई कानुनी कारबाही गर्न माग गरेका छन् । जनक नगर सोसाईटी पिराडीले यौनजन्य...
काठमाडौंमा भारतीय नागरिकले भारतीयलाई नै बन्धक बनाएर मागे फिरौती
काठमाडौँ । एक भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर फिरौती अशुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । अस्ट्रेलिया पठाउने बहानामा ती युवकलाई काठमाडौं बोलाएर बन्धक बनाई २० लाख भारु ३२ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरील...



