सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी १२६ वटा मुद्दा दर्ता
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी गरेको छ भने एक सय २६ मुद्दा दर्ता गरेको छ । विभागको स्थापना ३१ असार ०६८ मा भए पनि २० असार ०६६ मा राजस्व अनुसान्धान विभागमार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दा दायर गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण ऐन, २०६६ जारी भएपछि भने अर्थ मन्त्रालयमातहत रहने गरी विभागलाई यस्तो मुद्दा हेर्ने जिम्मेवारी दिइएको हो । सो मितिदेखि चालू आव ०८र८३ को ६ महिनासम्म एक सय २६ मुद्दा दर्ता गर्दा विभागले एक खर्ब दुई करोड रुपैयाँबराबरको बिगो दाबी गरेको छ ।
चालू आवको ६ महिना भने विभागले सम्पत्ति शुद्धीकरणविरुद्ध पाँचवटा मुद्दा दर्ता गरेको छ । उक्त अवधिमा विभागले विभिन्न कसुरमा सम्बद्ध ४४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्दै आठ अर्ब ८१ करोड रुपैयाँबराबरको बिगो दाबी गरेको हो । ६ महिनामा पाँचवटा मात्रै मुद्दा दर्ता भए पनि चार सय ५८ वटा उजुरी–सूचना आएको विभागले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
तीजमा पशुपति क्षेत्रको सुरक्षामा २५ सय प्रहरी परिचालन गरिने
काठमाडौँ । प्रहरीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा चुस्त बनाउने गरी सुरक्षा कार्ययोजना तयार गरेको छ । सोमबार पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनार्थीको भीड हुने हुनाले जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा रणनीति...
काठमाडौं उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा
काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरू...
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ, मुख्य अभियुक्त अझै फरार
वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरूलाई ज्यान मार्न...
सिंहदरबार सुरक्षा कडा, गणमा एसपी थपिने
काठमाडौँ । सिंहदरबारमा आगलागीपछि त्यहाँको सुरक्षामा सरकार गम्भीर बनेको छ । गृहमन्त्रालयले सिंहदरबार गणलाई लक्षित गर्दै प्रहरी संगठनमा एसएसपी, एसपी र डिएसपीका ३–३ दरबन्दी थप गरेको छ। सिंहदरबार गणमा हाल डिएसपी इन्चार्ज रहेकामा अब एसपी राख्ने तयारी ग...
जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पैँयुटार बस्ने नेपाली ब्रो भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या ग...



