शनिबार, २७ असार २०८३
नेपाली

अपराध/ सुरक्षा

Main News Image

मापसेका कारण वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु र १७४ घाइते

काठमाडौँ । गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । मापसेका कारण सवारी दुर्घटनाको जोखिम लगातार बढ्दै गएको भन्दै प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष आग्रह गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा ३७ वटा सवारी दुर्घटना भएका छन्, जसमा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन् । प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा ३५ दुर्घटनामा दुई जनाको मृत्यु र ५३ जना घाइते भएका छन् भने मधेस प्रदेशमा २० वटा दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। यसैगरी बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु र तीन जना घाइते भएका छन् । 


लागूऔषध नियन्त्रणदेखि बाढीमा उद्धारसम्म — प्रहरी निरीक्षक यादव बने ‘बेस्ट पुलिस...

काठमाण्डौँ । काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक श्यामसुन्दर यादवलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरिएको छ । ल...

थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अ...

चितवनका एसपी पुरी र डिएसपी खनालको एकैसाथ सरुवा !

मिडियाबाजी डटकम काठमाडौँ जेठ २, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र...

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाण्डौँ । २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ...

जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स...

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्मार्ट टेलिकम स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ । ठगी तथा आपर...