लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् ।
उनले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन समेत दिएका छन् । समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् । वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन् । समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्नेछ।
एक्सप्रेस
सम्बन्धित खबर
गौशाला बजारमा झडप, प्रहरीले हान्यो १७ सेल अश्रुग्यास
महोत्तरी । गौशाला बजारमा बालकले कुखुरा हिर्काएको विषयमा चर्किएको विवाद नियन्त्रण लिन प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको छ । सोमबार साँझ महोत्तरीको गौशाला नगरपालिका–५ स्थित बजारमा ६ वर्षीय बालकले कुखुरा हिर्काएको विषयमा विवाद भएको थियो । झडपला...
ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्
काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा...
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भन...
जंगी अड्डाले भन्यो__ राहत र उद्धार सहज बनाउन सुकुम्बासीको विवरण मागेका हौं
काठमाडौँ । नेपाली सेनाले आसन्न वर्षातको समयमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्को पूर्व तयारीका लागि तथ्याङ्क अद्यावधिक गरेको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूको विवरण माग गरिएको विषयम...
व्यवसायी शंकरलाल अग्रवाल सीआईबीद्वारा पक्राउ
काठमाडौँ । व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेको हो । अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
अदालतमा हाजि...
काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ५७ लाखको धनमाल चोरी
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट सोमबार एकैदिन लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न पाँच स्थानबाट सुनका गरगहना र नगदसहित करिब ५७ लाख रुपैयाँ बराबरको धनमा...



