पैसाका निम्ति गाडीलाई विज्ञापनको माध्यम बनाइँदै, सरकार रमिते !
रुषा थापा
भक्तपुर । कानूनमा स्पष्ट भनिएको छ–सार्वजनिक यातायातले कुनै पनि वस्तु वा सेवाको विज्ञापन गर्न मिल्दैन । तर, पछिल्लो समय ट्याक्सीदेखि बससम्मले विज्ञापन गरिरहेका छन् । बाटोमा गुडिरहेका वा पार्किङमा राखिएका ट्याक्सीहरुमा रेड बुलजस्ता पेय पदार्थसहित ई–सेवा, क्युआर कोडलगायतको स्टिकर टाँसिएको देखिन्छन् । त्यो स्टिकर ट्याक्सी वा यातायात व्यवसायीले सित्तैमा टाँसेका होइनन् । त्यसबापत सम्बन्धित कम्पनीबाट मासिक एकदेखि पाँच हजार रुपैयाँसम्म चालक वा गाडी धनीले शुल्क बुझ्छन् । जुन गैरकानूनी हो । विडम्बना १ ट्राफिक प्रहरीकै आँखाअगाडि सार्वजनिक यातायातहरु अनेकौं स्टिकर टाँसी विज्ञापन गर्दै गुडिरहेका छन् । स्वदेशीदेखि विदेशीसम्मले सार्वजनिक यातायातको प्रयोग गर्छन् ।
गाडीमा जथाभावी टाँसिएको स्टिकरले यात्रुले के बुझ्छन् रु विदेशी यात्रुले के बुझ्छन् रु नेपालका सार्वजनिक यातायात त विज्ञापनको माध्यम बनाइएको रहेछ, पैसाका लागि जस्तोसुकै स्टिकर गाडीमा टाँसिदो रहेछ भन्ने छाप त विदेशीको मनमा पर्छ नि । यतिमात्र होइन, अन्तर्राष्ट्रियस्तरमा नेपालको बदनाम हुनसक्छ । तर, यातायात व्यवसायीहरुले आफ्नो लाभका निम्ति देशकै छविमाथि दाग लगाउने काम गरिरहेका छन् ।
कुनै पनि देशको विकास र सुन्दरता यातायात क्षेत्रसँग जोडिएको हुन्छ । विकसित देशहरुमा सार्वजनिक यातायात एउटै खालका वा रंगका हुन्छन् । यसले विदेशीलाई सार्वजनिक यातायात चिन्ने सहज हुनुका साथै शहरको सुन्दरता बढाउँछ । हामी कहाँ यातायात क्षेत्रमा एकरुपता ल्याउने दाबी सरकारी निकाय गर्छन् ।
अनि व्यवसायीहरु आफूखुशी गाडीमा स्टिकर टाँस्दै गुडिरहँदासमेत बेवास्ता गरिएको अवस्था छ । एक ठाउँबाट अर्को ठाउँमा जान यातायात अत्यावश्यक छ । त्यसैले, नेपाल घुम्न आउने विदेशी पर्यटक पनि ट्याक्सी, बसलगायत सार्वजनिक यातायातसँग ठोक्किन्छन् । विडम्बना, थोरै पैसाका निम्ति अनेकौं विज्ञापन टाँसेर बाहिरैबाट कुरुप बनाइएका ट्याक्सीलगायत सार्वजनिक यातायातका कारण समग्र मुलुकप्रति पर्यटकको सोच नै नकारात्मक हुन पुग्छ ।
विज्ञापन गर्ने काम सञ्चारमाध्यमको हो, सार्वजनिक यातायातको होइन । सार्वजनिक यातायातको काम त जनतालाई सेवा दिनु हो । दुर्भाग्य, हामी कहाँ त के भइरहेको छ भने सार्वजनिक यातायातहरु जनतालाई गुणस्तरीय सेवा भने दिँदैनन् । चालक, सहचालकहरु मनलाग्दी भाडा माग्छन्, नदिए जथाभावी गालीगलौज गर्छन् । गुन्द्रकझैं खाँदेर यात्रु कोच्छन्, चाँहे स्वदेशी होस् या विदेशी ।
यात्रुसँग चाँहि दुर्वयवहार गर्ने अनि विभिन्न कम्पनीको विज्ञापन गर्दै हिँड्ने १ विज्ञापन गर्नु नै छ भने आफ्नो सेवा सुधारेर आफैंको गर्ने हो, अरुको होइन । त्यसैले, अब सरकारले पैसाका निम्ति गाडीका विभिन्न भागमा अनेकौं स्टिकर टाँस्नेमाथि कडा कारबाही गर्नुपर्छ । ट्राफिक प्रहरी टुलुटुलु हेरेर बस्ने होइन, कारबाही गर्ने हो ।
उनीहरुलाई सडकमा उभिनमात्र जनताले कर तिरेर पालेका होइनन्, ऐन, कानून वा नियमको उल्लंघन गर्नेलाई तुरुन्त कारबाही गर्न पालिएको हो । यसप्रति गृहमन्त्री सुधन गुरुङ पनि जिम्मेवार हुन आवश्यक छ । किनकि देशको असल छवि कायम राख्नु गृह मन्त्रालयको काम हो । अर्कोकुरा, थोत्रा, पुराना, कवाडी वा विभिन्न भाग कुचिएका, फुटेका ठाउँमा समेत स्टिकर टाँसेर केही नभएजस्तो देखाई गाडी बाटोमा दौडाइन्छ ।
०७१ भदौ १९ गतेको मन्त्रिपरिषद् बैठकले २० वर्ष पुगेका सार्वजनिक गाडी चलाउन नदिने निर्णय गर्यो । सोही वर्षको फागुन १८ गते राजपत्रमा समेत निकालियो । तर, बाटोमा २३ वर्षदेखि ३५ वर्ष पुराना सार्वजनिक गाडीहरु गुडिरहेका छन् । बाहिरबाट त गाडी ठिकठाक देखिन्छ, त्यसैले यात्रु चढ्छन् । तर, गाडीको भित्री र बाहिरी दुवै अवस्था खराब भइसकेको छ, अनि दुर्घटना भई यात्रुले अनाहकमा ज्यान गुमाउँछन् ।
यातायात व्यवसायीको स्वार्थका निम्ति सोझासाझा सर्वसाधारणले आफ्नो ज्यान गुमाउन अवस्था हिजो पनि थिए, आज पनि कायमै छ । विडम्बना १ बालेन्द्र साह नेतृत्वको युवा सरकार गठन भएपनि यातायात क्षेत्रमा केहीपनि सुधार हुन सकेको छैन ।
गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साल न त स्टिकर टाँसेका गाडीलाई कारबाही गर्छन् न त आफ्नो लाभका निम्ति यात्रुको ज्यानैसमेत दाउमा पार्ने व्यवसायीलाई । यसले यो सरकार पनि यातायात व्यवसायीसामु निरीह बनेको प्रष्ट छ । अर्कोकुरा, भ्रष्टाचार र सुशासनको ठूल्ठूला नारा लगाउने वर्तमान सरकारकै पालामा समेत यातायात कार्यालयहरुमा भने घुस खाएर गाडीको जाँचपास दिने प्रवृत्ति कायमै छ ।
यातायात व्यवसायीहरु गाडी नै नलगी प्रदूषण र जाँचपास ल्याउँछन् । धुँवाको मुस्लो फ्यालेर गाडी बाटोमा गुडिरहेका हुन्छन् । व्यवसायीहरु कर्मचारीलाई दुई–तीन हजार रुपैयाँ घुस खुवाएर जाँचपास र हरियो स्टिकर ल्याउँछन् । अनि यस्ता गाडीमा चढेर सर्वसाधारणले आफ्नो ज्यानै गुमाउनुपर्छ । यातायात क्षेत्रमा बेथितिमाथि बेथिति छन् । पाँच दशकदेखि सिण्डिकेट छ । हरियो–कालो प्लेटको ट्याक्सीको नयाँ दर्ता नखुलेको चार दशक भइसकेको छ भने फोस्टक टेम्पो, दुवानी गाडीको पनि नयाँ दर्ता दशकौंदेखि बन्द छ ।
सार्वजनिक यातायातको संख्या सीमित छ । पाँच दशकअघिकै संख्यामा गाडी छन्, जबकी यसबीचमा जनसंख्या भने लाखौं गुणा बढेको छ । जसका कारण यात्रुले चर्को भाडा तिरेरसमेत गुणस्तरीय सेवासुविधा पाउन सकेका छैनन् त आफ्नै देशमा गाडी किनेर चलाउँछु, राज्यलाई कर तिर्छुभन्दा समेत नपाएको अवस्था छ । सीमित व्यवसायीका कारण समग्र देश र जनताले नै हानिनोक्सनी भोग्नुपरेको छ ।
तैपनि, सरकार केहीपनि गर्न सक्दैन, विगतका सरकार त यातायात व्यवसायीसामु लाचार बन्यो नै, वर्तमान सरकारसमेत भोटका निम्ति यातायात व्यवसायीसामु घुँडा टेकेकोजस्तो देखिन्छ । नत्र सरकार गठनको आठ महिना हुन लाग्दा त यातायात क्षेत्रमा अलिकति भएपनि सुधार हुनुपर्ने हो नि । अर्को रोचक कुरा चाँहि सार्वजनिक यातायातसँगै किरानालगायत विभिन्न व्यवसायीले समेत विज्ञापन गर्न थालेका छन् ।
बजारमा हिँड्दा खुद्रा पसलहरुमा पेय पदार्थसहित विभिन्न कम्पनीको विज्ञापनको गेट नै राखिएको देखिन्छ । दर्ता नै नभएका व्यवसायीसमेत त्यस्ता गेट राखेका हुन्छन् । त्यसबापत उनीहरुले सम्बन्धित कम्पनीबाट रकम बुझ्छन् । तर, केहीगरी त्यो गेट खसेमा मान्छेको ज्यानैसमेत जान सक्छ । यद्यपि, यसप्रति व्यवसायी गम्भीर छन् न सरोकारवाला निकाय । थोरै पैसाका निम्ति व्यवसायीहरुले सर्वसाधारणको ज्यानसँग खेलबाड अनि शहर कुरुप बनाइरहँदासमेत राज्यका कुनै पनि निकायको यसप्रति ध्यान गएको पाइँदैन ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान
प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...
नेपालमा जन्मदर घट्दो, बजारमा भारतीय बढ्दो !
काठमाण्डौँ । सरकारको नारा छ,‘सानो परिवार, सुखी परिवार ।’ अहिले घरघरमा यो नारा लागू भएको देखिन्छ । दुईटा भन्दा बढी सन्तान पाउन छोडिएको छ । बढीमा दुईटा, नत्र एउटा । जसले गर्दा पछिल्लो वर्ष नेपालमा जन्मदर घट्दै गएको छ । पहिलेपहिले नेपालमा धेरै सन्तान...
भूमिमन्त्रीलाई प्रश्नः कौडीको भाउमा लिजमा दिइएका सम्झौता खारेजी र अतिक्रमित सरकारी जग्गा कहिले फिर्ता ल्याउने ?
रुषा थापा___________
भक्तपुर । विगतका सरकारको पालामा थुप्रै सरकारी जग्गा व्यक्तिका नाममा गएको वा कब्जा भएको पाइन्छ । राजनीतिक पहुँचमा सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, उद्योग, कारखाना, राजपरिवारलगायतका जग्गा कब्जा गरिनुका साथै...
भाडादेखि पानी, बिजुली, फोहोर र पार्किङ्गमा ठग्दै घरधनी, शुल्क तोक्न तीनै तहको सरकारको आनाकानी !
अनुसा थापा____
भक्तपुर । सरकारले उपभोक्ताबाट उठाइने बिजुलीको पैसा तोकेको छ । प्रतियुनिट नेपाल विद्युत प्राधिकरणले घरधनीबाट ९ रुपैयाँ ४० पैसा लिने गरेको छ । सरकारलाई ९ रुपैयाँ ४० पैसा तिर्ने घरधनीहरुले डेरावाललाई विद्युत व्यापार गरिरहे...
शिक्षा, खेलकुद र उद्यमशीलता : जिम्मेवार युवाबाट समृद्ध समाजको आधार
मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०। नेपालका युवा आज इतिहासको निर्णायक मोडमा छन्। देशमा अवसरको कमी, वैदेशिक रोजगारीको आकर्षण र राजनीतिक अस्थिरताबीच पनि केही युवाहरू जिम्मेवार सोच, परिश्रम र नेतृत्वका माध्यमबाट नयाँ आशा बोके...
राजनीतिक हस्तक्षेप : खेलकुद विकासको मुख्य बाधक
© मदन सिंह भाट
खेलकुद मानव जीवनको त्यो सृष्टि हो, जहाँ शरीर र आत्मा बीचको संवाद हुन्छ।
खेलकुदमा केवल पसीना बग्दैन त्यहाँ इच्छाशक्ति, अनुशासन र स्वाभिमानको रस बगिरहेको हुन्छ तर जब राजनीतिक शक्ति त्यस पवित्र प्रवाह...



