सोमबार, २९ भदौ २०८३
नेपाली

आर्थिक खबर

Main News Image

अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँको नोट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक हजार र ५०० रुपैयाँ दरका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

राष्ट्र बैंकले एक पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न अनुरोध गरेको हो। ग्राहकहरूबाट समय–समयमा एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध गराउन माग हुँदै आएको र नजिकिँदै गरेको बडादशैंलाई ध्यानमा राखेर यस्तो व्यवस्था गर्न आग्रह गरिएको राष्ट्र बैंकले जनाएको छ ।


अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६३ प्रतिशत नगद लाभांश वितरण गर...

रसुवाको चिलिमे टनेलमा फसेकाहरूको खोजी जारी : लेदो र भग्नावशेष हटाउन रातभर खटियो...

रसुवा । रसुवास्थित चिलिमे टनेल क्षेत्रमा फसेका मजदुर तथा प्राविधिकहरूको खोजी र उद्धारका लागि रातभर काम जारी राखिएको छ। उद्धार टोलीले रातभरी नै सुरु...

आज घटबढ भएन डलरको मूल्य, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९...

सिटिजन्स सुपर ३० म्युचुअल फण्डले ५.२५ प्रतिशत नगद प्रतिफल दिने, बुक क्लोज कहिले...

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले आर्थिक वर्ष २०८२र८३ का इकाईधनीलाई ५।२५ प्रतिशत नगद प्रतिफल दिने...

रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने दुई अर्ब राजस्व

काठमाडौँ । नेपाल–चीन उत्तरी सीमा नाका कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ...

ह्वात्तै बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हरितालिका तिजको मुखमा नै सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महास...