बुधबार, ३१ भदौ २०८३
नेपाली

आर्थिक खबर

Main News Image

दसैँ–तिहारका लागि २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति

काठमाडौँ । सरकारले दसैँ–तिहारलाई लक्षित गर्दै २५ हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै संस्थानलाई १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात गर्न अनुमति दिएको हो। हाल चिनीमा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएको छ ।

चाडपर्वका समयमा चिनीको माग बढ्ने र बजारमा मूल्य अकासिन सक्ने अवस्थालाई ध्यानमा राखेर सरकारले आयातमा भन्सार सहुलियत दिएको हो। आयात हुने चिनी दसैँ–तिहारका समयमा बजारमा वितरण गरिनेछ। सहुलियत मूल्यमा चिनी बिक्री गरी बजारभाउ नियन्त्रणमा राख्ने सरकारको तयारी छ।

हाल साल्ट ट्रेडिङका देशभरका गोदाममा करिब १ हजार ४ सय टन मात्रै चिनी मौज्दात रहेको छ। मागअनुसारको आपूर्ति सुनिश्चित गर्न आयातसँगै स्वदेशी उद्योगबाट समेत १५ हजार टन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ।

स्वदेशी उद्योगबाट खरिद गरिने चिनीमध्ये साल्ट ट्रेडिङले १२ हजार टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार टन खरिद गर्ने तयारी गरेका छन्। यो चिनी पनि दसैँ–तिहारकै लागि बजारमा पठाइनेछ।

सरकारको राहत प्याकेजः रसुवा बाढी पीडित बीमितले ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भ...

काठमाडौँ । सरकारले रसुवा बाढी प्रभावित बीमितलाई बीमा दाबीको प्रारम्भिक मूल्याङ्कनका आधारमा अग्रिम भुक्तानी उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार अ...

त्रिशूली–३ ‘ए’ बाट जीवितै उद्धार गरिएका साह भन्छन्– सुरुङभित्र ४०–५० जना हुनुपर्...

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीबाट त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साहले सुरुङभित्र अझै मानिसह...

एडीबीको ४२ करोडको आयोजनामा प्रश्न, परामर्शदाता छनोटमा उठ्यो पारदर्शितामाथि शंका

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा स्थानीय पूर्वाधार विकास विभाग (डोलीड) मार्फत सञ्चालित ग्रामीण सञ्जाल सुधार आयोजना (आरआईआईपी) अन्तर...

आजको विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउन्डको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर...

भोटेकोशी बाढी : १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खो...

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाका लागि बाहिरैबाट ग्यास भर्न थालियो

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सङ्घीय राजधानी काठमाडौँ बाहिरका उद्योगहरूमा खाना पकाउने ग्यास भरेर उपत्यका पठाउन थालिएको छ । ग्या...