आर्थिक खबर
जेन–जी आन्दोलनका घाइतेलाई मासिक भत्ता : सरकारले सुरु गर्यो चार तहको वर्गीकरण
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाएको छ। जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको अपाङ्गताको अवस्था र चोटको गम्भीरताका आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने उद्देश्यले मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिलाई गृह मन्त्रालयले कार्यान्वयनमा ल्याएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको वर्गीकरणका लागि सिफारिस गर्नेछन् भने सोही सिफारिसका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विवरण प्रमाणित गर्ने व्यवस्था मिलाइएको छ।
नयाँ कार्यविधि अनुसार घाइतेहरूको अपाङ्गताका आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा एउटा प्राविधिक समिति गठन गरिएको छ जसले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चारवटा श्रेणीमा विभाजन गर्नेछ।
यसरी वर्गीकरण गरिएका मध्ये अतिगम्भीर घाइतेहरूले जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ र गम्भीर घाइतेहरूले मासिक नौ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने मध्यम प्रकृतिका घाइतेहरूका लागि मासिक चार हजार रुपैयाँ भत्ताको व्यवस्था गरिएको छ।
गृहमन्त्री अर्यालको सक्रियतामा जनभावना अनुरूप घाइतेहरूको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएबमोजिम वर्गीकरण सहजीकरण समितिले अहिले यो प्रक्रियालाई द्रुत गतिमा अघि बढाइरहेको छ।
ताजा समाचार
शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १...
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजा...
निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ
काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत बजेटलाई परिमार्जन गरेर वृद्धि गरेको छ । आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपै...
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्य...
काठमाडौँ । एनएमबि बैंकले ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकलाई व्यक्तिग...
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ ।...
बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ प...


