शुक्रबार, १६ असोज २०८३
नेपाली

आर्थिक खबर

Main News Image

नेप्सेमा ४.९८ अंकको गिरावट, ३ अर्ब ७७ करोडको झर्‍यो कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको सेयर कारोबार भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । 

आज बरुण हाइड्रोको सर्वाधिक २७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सहास उर्जा १९ करोड ६० लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको १५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन माबिलुङ इनर्जी र दरमखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टीलरी, हिमस्टार र बुंगल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ६.०३ प्रतिशतका दरले गुमाएका छन् ।

 

क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं। सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ...

बुधबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डल...

सरकारले जेनजी आन्दोलनका घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने

काठमाडौँ । सरकारले जनेजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज मंगलबार सिंहदरबारमा...

नेप्सेमा १५.७० अंकको वृद्धि, ४ अर्ब १० करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४५...

अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा भैरहवा अवतरण गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा अब...

सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।...