आर्थिक खबर
आजदेखि काठमाडौं-दुबई उडान खुल्ने
काठमाडौँ । फ्लाई दुबईले आज राति दुबई–काठमाडौं-दुबई मार्गमा उडान सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शनिबार अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणपछि पैदा भएको तनावका कारण उक्त क्षेत्रका ९ मुलुकले हवाई मार्गमा उडान रोकेको थियो ।
बुधबार राति खाडीबाट सञ्चालनमा आउने यो पहिलो नियमित उडानमध्ये एक हुनेछ । सामान्य अवस्थामा फ्लाई दुबईले नेपालका लागि दैनिक तीन उडान संचालन गर्छ । विमानस्थलका अनुसार, क्षेत्रीय हवाई मार्ग बन्द हुँदा खाडीका ७ वटा एयरलाइन्सका करिब ७० उडान रद्द भएका थिए । सुरक्षा मूल्यांकन र आवश्यक सावधानी अपनाएर केही एयरलाइन्सले क्रमशः उडान फेरि सुरु गरेका छन् । यसैअनुसार नेपालका लागि उडान पनि खुला हुने भएको हो ।
फ्लाई दुबईले यात्रुलाई उडान समय र विवरणको लागि सम्बन्धित एयरलाइन्सको कार्यालय वा ट्राभल एजेन्सीसँग प्रत्यक्ष सम्पर्क गर्न सुझाव दिएको छ ।
ताजा समाचार
सुनको मूल्यमा भारी गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन एकैदिन तोलामा ११ हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अन...
आजका लागि कति छ विदेशी मुद्राको विनिमयदर ?
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर...
ब्रोकरका लागि नेपाल स्टक एक्सचेन्जमा अनिवार्य आईटी अडिट व्यवस्था लागू
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै ब्रोकर कम्...
चुनाव अघि सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम ६ अर्ब माथि
काठमाण्डौँ । चुनाव अघि सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भ...
सूनको मूल्य दिनानुदिन उकालो लाग्दै, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य...
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...


