आर्थिक खबर
आज सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब २२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाखको सेयर कारोबार भएको छ । आज १११ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एसवाई प्यानलको सर्वाधिक १४ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँ र तेस्रोमा तेह्रथुम पावरको ९ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सर्वाधिक ५.३२ प्रतिशतका दरले कमाएका छन् । यस्तै, नेशनल हाइड्रोपावरका लगानीकर्ताले ४।२६ प्रतिशतका दरले कमाएका छन् । ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।
ताजा समाचार
सुन्तला बेचेर कर्णकुमारीले बनाइन् पक्की घर
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थालेको पक्की घर निर्माण यस वर्षको सुन्तला...
निरन्तर सुन मूल्यले बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो तीन दिन यता सुन हालसम्मकै उच्च मूल्यमा कायम भइरहेको हो । आज मात...
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्र...
नेप्सेमा सामान्य अंकको वृद्धि, ३ अर्ब ४२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ क...
पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९...
सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको...


