अन्तर्राष्ट्रिय समाचार
विश्वकै तीव्र गतिको ऐतिहासिक जहाज एसएस युनाइटेड स्टेट्स डुबाइँदैे
काठमाण्डौँ । कुनै समय विश्वकै तीव्र गतिको मानिएको र ‘टाइटानिक’ भन्दा पनि लामो पानीजहाज ‘एसएस युनाइटेड स्टेट्स’ लाई अमेरिकाको फ्लोरिडा तट नजिकै समुद्रमा डुबाइने भएको छ । यसलाई विश्वकै सबैभन्दा ठूलो कृत्रिम समुद्री चट्टानमा रूपान्तरण गरिनेछ । करिब ३० वर्षसम्म फिलाडेल्फियाको बन्दरगाहमा थन्किएको यो जहाजलाई हालै फ्लोरिडा सारिएको हो । अब यो जहाज समुद्री जीवजन्तुको बासस्थान र समुद्री पारखीहरूका लागि पानीमुनिको आकर्षणको केन्द्र बन्नेछ। सयौँ पटक आन्ध्र महासागर पार गरेको यस ऐतिहासिक जहाजलाई सङ्ग्रहालयका रूपमा जोगाइराख्न अभियन्ताहरूले निकै प्रयास गरेका थिए। तर, उनीहरूको प्रयास सफल हुन सकेन ।
फ्लोरिडाको एक काउन्टीले यो जहाज खरिद गरेसँगै अब यसलाई तटीय क्षेत्रका दर्जनौँ कृत्रिम चट्टानहरूको सूचीमा थपिनेछ। साथै, जहाजको इतिहास झल्काउने गरी जमिनमा छुट्टै सङ्ग्रहालय बनाउने योजना पनि अघि सारिएको छ।
ताजा समाचार
क्रिश्चियन धर्म प्रचार गर्ने १० विदेशी निष्कासित, तीन वर्ष नेपाल प्रवेशमा रोक
काठमाडौं । अध्यागमन विभागले नेपालमा क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा १० विदेशीलाई निष्कासित ९डिपोर्ट० गरेको छ । उनीहरूलाई तीन वर्ष नेपाल प्रवेशम...
अमेरिकाले आफ्ना माग पूरा गरे दुई दिनभित्र होर्मुज खोल्न सकिने इरानको भनाइ
काठमाण्डौँ । इरान र अमेरिकाबीच हुने अप्रत्यक्ष वार्ताको आधार तेहरानले प्रस्ताव गरेको सातदिने योजनालाई मानिने बाघाईले बताएका छन्। इरानले उक्त योजनाक...
उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट विकास, प्रविधिमा पूर्ण श्रेष्ठता हासिल...
काठमाडौँ । उत्तर कोरियाले कृत्रिम बौद्धिकता एआई प्रविधिमा आधारित ड्रोन र पहिलो पटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्...
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप-अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
काठमाडौँ । दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणलाई उनको बढ्दो आक्रामक विदेश नीतिको पछिल्लो कदमका रूपमा व्याख...
साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान, केके छ विशेषता ?
काठमाडौँ । साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र...
पुटिन-ट्रम्प वार्ता : रुसले अमेरिकालाई लाखौँ टन डिजेल दिने, युक्रेन संकटमा पनि छ...
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन युद्धको समाधान, विश्वव्यापी ऊर्जा आपूर्ति, इरानको अवस्था...


