अन्तर्राष्ट्रिय समाचार
अमेरिकी सैन्य कारबाहीमा इरानको ४२ जहाज ध्वस्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पुर्याएको छ ।
उनले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणाली समेत ठप्प पारिएको दाबी गरे । ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी कारबाहीपछि इरानको नौसेना प्रभावहीन बनेको छ र सैन्य तथा सञ्चार संरचनामा गम्भीर असर परेको बताए ।
ताजा समाचार
इरानलाई ट्रम्पको चेतावनी : मलाई नसोधी नयाँ सर्वोच्च नेता चयन नगर्नू
काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो संलग्नताबिना नयाँ सर्वोच्च नेता चयन नगर्न इरानलाई चेतावनी दिएका छन् । इरानको नयाँ नेता चयन...
खामेनीको पार्थिव शरीर ग्रान्ड मोसल्लामा राख्ने तयारी
काठमाडौँ । अमेरिका-इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्र...
अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा मध्यपूर्वमा सैन्य विमान परिचालन : नागरिक उद्धा...
काठमाडौँ । अष्ट्रेलियाले आफ्ना नागरिकको आकस्मिक निष्कासन योजना अनुरूप मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथ गरेको छ । अमेरिका–इजरायली आक्रमणपछि इरान...
अमेरिकी संसद्ले खारेज गर्यो इरानविरुद्ध आक्रमण रोक्ने प्रस्ताव, ट्रम्पलाई बाटो...
काठमाण्डौँ । इरानविरुद्ध थप सैन्य आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न पेस गरिएको प्रस्ताव अमेरिकाको संसद् कंग्रेसले खारेज गरेको छ...
इरानी विद्यालयमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि
काठमाडौँ । इरानी सहर मिनाबमा रहेको एक बालिका विद्यालयमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि भएको छ । मिसाइल आक...
अमेरिका– इरान युद्धले विदेशमा रहेका १७ लाख नेपाली त्रासमा
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व पश्चिम एसियामा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षा...


