सोमबार, २९ असार २०८३
नेपाली

राजनीति

Main News Image

कांग्रेस विशेष महाधिवेशन: प्रतिनिधि नाम दर्ता दोस्रो दिन पनि जारी, आज बन्दसत्र

काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशन मा प्रतिनिधि नाम दर्ता प्रक्रिया आज पनि जारी छ। आइतबार दर्ता गर्न छुटेका प्रतिनिधिका लागि बिहानैदेखि पुनः दर्ता खोलिएको हो । आयोजकका अनुसार पहिलो दिन मात्रै २ हजार ६६२ जना प्रतिनिधि ले नाम दर्ता गराएका थिए । 

प्रदेशगत रूपमा कोशीबाट ४२५, मधेसबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १४८ प्रतिनिधि दर्ता भएका छन्। यस्तै, काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)बाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराएका छन्।

नाम दर्तालाई व्यवस्थित बनाउन विशेष महाधिवेशन पक्षधर समूहले आठवटा स्टल को व्यवस्था गरेको थियो। जिल्ला क्षेत्र तथा ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेय ले आज बिहान ८ः३० बजेदेखि नाम दर्ता सुरु गरिएको जानकारी दिँदै बिहान ११ बजेसम्म प्रक्रिया चल्ने बताए। उनले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज पनि नाम दर्तालाई निरन्तरता दिइएको स्पष्ट पारे।

विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र हुने कार्यक्रम छ। बिहान ८ बजेदेखि बन्दसत्र गर्ने कार्यतालिका रहे पनि केही प्राविधिक कारणले कार्यक्रम केही समय ढिलाइ भएको आयोजकले जनाएको छ।

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने...

पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन् : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पद बाँडेर र ठूला घर बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरेका छन् । उनले कांग्रेसको ३...

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतले गरे नाम दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन सत...

क्रान्तिकारी युवा संघ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता हुने जनाएको...

रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिक सूचीबाट नाम फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । समानु...

पार्टी एकताकै पक्षमा छु, निकास ननिस्किँदासम्म लागिरहन्छु : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा निरन्तर आवाज उठाइरहेको बताएका छन् । विशेष महाधिवेशन उद्घाटनको संघारमा...