राजनीति
कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँका ११ प्रदेशसभा क्षेत्रीय सभापतिहरूको संयुक्त अपिल
काठमाण्डौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरूले यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको पार्टीको विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।
बागमती प्रदेशअन्तर्गत काठमाडौँ जिल्लाका ११ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको स्वागत गरेका हुन् । उनीहरूले जेन्जी आन्दोलनपछिको देशको विषम राजनीतिक अवस्थालाई मध्यनजर गर्दै लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित आह्वान भएको विशेष महाधिवेशन समयसापेक्ष र आवश्यक रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा नेपाली कांग्रेस वैचारिक स्पष्टता, संगठनात्मक एकता र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिन सक्षम पार्टी भएको दाबी गरिएको छ। सम्पूर्ण महाधिवेशन प्रतिनिधिको सक्रिय सहभागिताबाट पार्टीलाई नयाँ दिशा र गति दिन सकिने विश्वास पनि व्यक्त गरिएको छ ।
कांग्रेस विधान २०१७ संशोधनसहितको दफा १७, २ अनुसार पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई पार्टी निर्माणको प्रक्रियामा योगदान दिन उनीहरूले सबै प्रतिनिधिलाई अपिल गरेका छन् ।
संयुक्त विज्ञप्तिमा प्रदेशसभा क्षेत्रीय सभापतिहरू प्रल्हाद कार्की, ध्रुव केसी, विमल होडा, रामप्रसाद लुइँटेल, रमेश डंगोल, राजु खड्का, ख्याम तिवारी, वासुदेव लामा, शिवकुमार खनाल, मोहनकुमार बस्नेत र राजेन्द्र भट्टराईको हस्ताक्षर रहेको छ ।
ताजा समाचार
विशेष महाधिवेशनले कांग्रेस सक्रिय, आज र्याली प्रदर्शन
काठमाडौँ । आइतबार र सोमबार हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ । शुक्रबारदेखि...
माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले...
प्रतिनिधि सभा निर्वाचनमा जिल्लाबाहिरबाट मतदान गर्न नपाइने
काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा पनि जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले निश्चित समूहका लागि मात्...
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ...
शिक्षामन्त्री पुनको भनाइ : विदेश घुमेर अर्थतन्त्र बन्दैन
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले मन्त्री बनेपछि आएका पाँचवटै विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गरेको बताएका छन् । देशको अर्थतन्त्र नसुधारेसम्म...
संस्थापन पक्षको आह्वान : कांग्रेस एकताका लागि संयम अपनाउनू
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै पार्टी एकता जोगाउन दे...


