राजनीति
एमाले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट ईश्वर पोखरेल हटाइए, विष्णु रिमाललाई जिम्मेवारी
काठमाडौं । नेकपा एमालेले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट ईश्वर पोखरेललाई हटाएको छ। च्यासलमा बसेको सचिवालय बैठकले पोखरेलको स्थानमा विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो । हालै सम्पन्न ११औँ महाधिवेशनमा पोखरेल अध्यक्ष पदका उम्मेदवार बनेका थिए। अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका नेताको जिम्मेवारी खोसिएको यो पहिलो घटना भने होइन । यसअघि १०औँ महाधिवेशनमा ओलीविरुद्ध उभिएका भीम रावल पनि जिम्मेवारीबाट हटाइएका थिए ।
सचिवालय बैठकमा अध्यक्ष ओलीले नै जिम्मेवारी हेरफेरको प्रस्ताव गरेका थिए। उपमहासचिवमा उम्मेदवार बनेर पराजित भएका विष्णु रिमाललाई संगठनात्मक जिम्मेवारी दिनुपर्ने तर्क ओलीले राखेका थिए ।
ताजा समाचार
दलीय गतिविधिमा सक्रिय मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्री कार्कीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भई सक्रिय रहेका तथा चुनाव लड्ने तयारीमा रहेका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्...
निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना गर्ने मापदण्ड स्वीकृत
काठमाडौँ । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन म्यादी प्रहरी भर्ना गर्ने मापदण्ड स्वीकृत गरेको छ। ‘निर...
घृणाजन्य अभिव्यक्ति र भ्रामक सामग्री नफैलाउन गृह मन्त्रालयको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण, भ्रामक तथा घृणाजन्य अभिव्यक्ति सार्वजनिक नगर्न आग्रह गरेको छ । मन्त्रालयले यस्ता गतिविध...
चुनाव नजिकिँदै गर्दा शीर्ष नेताको दिल्ली दौड, भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन आउन अब ५८ दिन मात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको नयाँदिल्ली दौड तीव्र बनेको छ । कुनै ठूलो राजन...
निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड
काठमाडौँ । सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ...
देउवा, ओली र प्रचण्डको सुरक्षा फेरि बढाइँदै, पछुवा गाडी दिने तयारी
काठमाण्डौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा पुनः बढाउने तयारी गरेको छ । आगामी च...


