सोमबार, २९ असार २०८३
नेपाली

राजनीति

Main News Image

विशेष महाधिवेशन नगरी यथास्थितिमा रहनु आत्मघाती हुनेछ _अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित फागुनको चुनावका लागि जनतामा जानुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा विचार लेख्दै नेता केसीले त्यसो नगरी यथास्थितिमा रहनु दुर्घटना र आत्मघाती हुनेसमेत बताए । 

उनले लेखेका छन्, आज मुलुक जटिल राजनीतिक संक्रमणको चरणमा छ। २०८३ फागुनमा हुने आम निर्वाचनको तयारी, भ्रष्टाचार विरूद्ध ,विधिको शासन र सुसासन को जनआन्दोलन जेन–जेड प्रदर्शन पछिको राजनीतिक सन्देश, युवा तथा आम जनता देखिएको  चरम असन्तुष्टि लाई सम्वोधन गर्न वर्तमान सन्दर्भमा विशेष महाधिवेशन समयको स्पष्ट माग र आबस्यकता हो । निर्वाचनअघि नै नयाँ सोच,नीति नेतृत्व र कार्यक्रमसहित  जनतामा जानु अनिवार्य छ। यथास्थितिमा रहनु  दुर्घटना र आत्मघाती हुनेछ ।

उनले लेखेका छन्, विधानको धारा १७९२० अनुसार केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाइ केन्द्रसमक्ष लिखित अनुरोध गरेमा, निवेदन परेको तीन महिनाभित्र  केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ भन्ने बाध्यात्मक स्पष्ट व्यवस्था छ । त्यसैगरी धारा ३९१२० ले ‘केन्द्र’ भन्नाले केन्द्रीय कार्य समिति र केन्द्रीय कार्यालयलाई बुझाउँछ भने धारा २७, १ अनुसार केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने स्पष्ट प्रावधान रहेको छ।


निर्वाचन आचारसंहिता-निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक...

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन...

कांग्रेसलाई फुटबाट जोगाउन डा।शेखरले सुरु गरे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू,...

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता...

सेलिब्रेटीहरूले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिँदै, केही प्रत्यक्ष चु...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा समावेश सेलिब्रेटीहरूले आफ्नो नाम फिर्ता लिन थालेका छन् । गायिका त्रिशाला गुरुङ र...

सचिन ढकालले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिए

काठमाडौँ । व्यसायी चन्द्र ढकालका छोरा सचिन ढकालले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वप...