आइतबार, २८ असार २०८३
नेपाली

राजनीति

Main News Image

९ दल मिलेर बन्ने पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ : चुनाव चिह्न तारा

काठमाडौँ ।  नेकपा माओवाद केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ । प्रज्ञा भवनमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन् ।उनका अनुसार चिह्न पाँचकुने तारा रहनेछ ।

यसअघि ८ दलका शीर्ष नेताहरूले कात्तिक १९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने घोषणा गर्ने निर्णय गर्दै १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा औपचारिक रूपमा समाहित भएको थियो ।

सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुमनराज काफ्ले, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, विप्लव समूह ९नेकपा०का महासचिव चिरन पुन, एमालेबाट अलग भएका प्रेमबहादुर सिंह, र नेकपा ९माओवादी समाजवादी०का अध्यक्ष कर्णजित बुढाथोकीले हस्ताक्षर गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन संरचना केन्द्रदेखि वडा तहसम्म संयोजक र सह–संयोजक प्रणालीमा आधारित हुने जनाइएको छ।

मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सा...

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी...

डा. निकोलस भुसाल पक्राउ

काठमाडौँ । विवादित अभिव्यक्ति दिँदै आएका डा। निकोलश भुसाल पक्राउ परेका छन् । प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानम...

सर्वोच्चको आदेश उल्लंघन गर्दै सरकारले ११ देशका राजदूतलाई पुनः पत्र पठायो

काठमाडौँ । सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै सरकारले ११ देशका राजदूतलाई पुनः स्वदेश फर्कन पत्राचार गरेको छ । परर...

कुलमानविरुद्ध हितेन्द्रको रिटमा सुनुवाई आज

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्च अद...

पार्टी एकताको निर्णय अनुमोदन गर्न माओवादीको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । भोलि हुन लागेको नौ वाम दलबीचको एकता अनुमोदनक...