आइतबार, २८ असार २०८३
नेपाली

राजनीति

Main News Image

राष्ट्रपति पौडेल कतारतर्फ  प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गरेका छन्। कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल त्यसतर्फ प्रस्थान गरेका हुन्।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाई गरेका थिए। सो अवसरमा सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रतिनिधिलगायत उपस्थित थिए । राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुने कार्यसुची रहेको छ । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

प्रचण्ड र गोपाल किरातीबीच एकता घोषणा

काठमाडौँ । नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा माओवादी के...

केन्द्रीय समिति स्थगित गरेका कांग्रेस नेता धोबीघाटमा जुट्दै

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजेद...

८ वामपन्थी दलबीच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन हुने

काठमाडौँ । नेपालको प्रमुख वामपन्थी ८ दलहरूले पार्टी एकता गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्...

संघीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि आह्वान गरेको सातै प्रदेशका मुख्यमन्त्रीहरूस...

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘...

नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्न दुर्गा प्रसाईंको अपिल

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रासाईले राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण...