आइतबार, २८ असार २०८३
नेपाली

राजनीति

Main News Image

६ सरकारी कागजातका आधारमा मतदान गर्न पाइने

काठमाडौँ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने जनाएको छ । आयोगले मतदाता परिचयपत्र नभए पनि ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक प्रस्तुत गरे मतदान गर्न सकिने स्पष्ट पारेको हो । आयोगका अनुसार मतदान गर्न मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य छ ।

नाम दर्ता भएका मतदाताले मतदानका लागि जाँदा सामान्यतया मतदाता परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था रहेको छ । मतदाता परिचयपत्र नभएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एक सक्कल कागजात लिएर मतदान केन्द्रमा उपस्थित भए मतदान गर्न पाइने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तथा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताले तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न सक्नेछन् ।

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पाल...

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

काठमाडौँ । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिए...

आदेखि मतदान केन्द्रमा कर्मचारी परिचालन

१८ फागुन, काठमाडौँ । यही फागुन २१ गते हुने निर्वाचन गराउनको लागि कर्मचारी र सुरक्षाकर्मीहरू आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने...

पाँच वर्ष कांग्रेस नेतृत्वमा देश तीव्र गतिमा अघि बढ्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वमा देश तीव्र रूपमा सञ्चालन हुने दाबी गरेका छन् । सर्लाही क्षेत्...

एमाले अध्यक्ष ओलीलाई अभिनन्दन

काठमाण्डौँ ।  पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन...

गोरखामा डा. बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने

गोरखामा डा. बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने

काठमाडौँ । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको...