राजनीति
कांग्रेस घोषणा नभएर व्यवहारमै परिवर्तन : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नीतिगत रूपान्तरणसहित नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै त्यसले देशलाई निकास दिने बताएका छन् । पार्टीका तर्फबाट विदेशमा रहेका नेपालीलाई सन्देश दिँदै उनले परिवर्तन घोषणा मात्रै पर्याप्त नहुने बताए । प्रशासन, राजनीति, दल, सरकार र समग्र समाजमा व्यापक रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै त्यसको सुरुवात कांग्रेसबाट भइसकेको दाबी गरे ।
शर्माले गैरआवासीय नेपाली एनआरएनका भावना सम्बोधन गर्ने नीति अघि सारिएको जानकारी दिए । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई समर्थन गर्दै नागरिकतासम्बन्धी विषयमा उदार दृष्टिकोण अपनाउने प्रतिबद्धता जनाए । साथै, सर्वोच्च अदालतको आदेशअनुसार भविष्यमा विदेशबाटै मतदानको अधिकार सुनिश्चित गर्न पहल गरिने बताए ।
ताजा समाचार
सबै मतदान केन्द्रमा प्राथमिक उपचार सेवा अनिवार्य उपलब्ध गराउन निर्वाचन आयोगको नि...
काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि...
चुनावी मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन् : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टी देश परिवर्तनको संकल्पमा रहेको बताएका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभा...
मलाई धेरै नबोल पनि भन्छन् तर अलिअलि नघोची हुँदैन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेस सभापति गगन थापाले आफूविरुद्ध प्रमाण देखाउन ६५८ द...
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ : उम्मेदवार गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमले फागुन २१ गतेको निर्वाचन एउटा राजनीतिक युगको अन्त्य गरेर अ...
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएक...
प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित व...


