शनिबार, २७ असार २०८३
नेपाली

खेलकुद

Main News Image

साम्बाको दुई गोलमा भारतमाथि नेपालको जित

काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो। प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले सुनिश्चित गरिसकेको थियो ।

इरानले यसअघि भारतलाई २-० र नेपाललाई ३-० ले हराउँदै शीर्ष स्थान हात पारेको थियो। सान्त्वना जितका लागि मैदानमा उत्रिएको नेपालले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै भारतलाई दबाबमा राख्यो। खेलको दोस्रो मिनेटमै साम्बाले डिफेन्स लाइनबाट आएको लामो क्रसमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। दोस्रो हाफमा पनि साम्बाले नै निर्णायक प्रदर्शन गर्दै ६३औं मिनेटमा फ्रिकिकमार्फत गोल थपिन्, जसलाई भारतीय गोलकिपरले रोक्न सकिनन्।

८१औं मिनेटमा भारतका करिश्मा सिरभोकरले निर्मला देवीको फ्रिकिकमा आएको बललाई बाउन्स हुँदै प्राप्त गरी गोल फर्काइन्। तर, उक्त गोल बराबरीका लागि पर्याप्त रहेन र नेपालले २–१ को जित आफ्नो नाममा दर्ता गर्‍यो।

भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन्। उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन्। समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्‍याएकी छिन्। पहिलो खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको थियो। त्यसअघि भारत इरानसँग २९० ले पराजित भएको थियो। नेपाली टोली उपाधि जित्ने लक्ष्य लिएर शिलोङ पुगेपनि पहिलो खेलमै पराजित भएपछि सम्भावना सकिएको थियो।

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने महिला टोलीको विदाई

काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरिए...

तेक्वान्दोका समर्पित योद्धा राम गिरी : तीन दशकको यात्रापछि संघको केन्द्रीय उपाध्...

काठमाण्डौँ । तेक्वान्दो खेलसँग जीवनको तीन दशकभन्दा बढी समय समर्पण गरेका युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वा...

कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, निर्माणमा १० अर्ब लाग्ने अनुमान

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय त्रिवि परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ...

यी हुन् भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ खेल्ने २० टिम

काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिमको टुङ्गो लागेको छ । ओमानमा भइरहेको आईसीसी टी२०...

टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया...

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालद्वारा ओमान ३८ रनले पराजित

काठमाण्डौँ । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लि...