शनिबार, २७ असार २०८३
नेपाली

खेलकुद

Main News Image

विश्वकपमा मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

खेलको २९औँ मिनेटमा मेस्सीले गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई सुरुवाती १(० को अग्रता दिलाएका थिए । यससँगै विश्वकपमा उनको व्यक्तिगत गोल सङ्ख्या २० पुगेको छ र विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनले आफ्नो कीर्तिमानलाई थप मजबुत बनाएका छन् ।

तथ्यांक संस्था ‘अप्टा’ का अनुसार मेस्सी विश्वकपका दुई फरक संस्करणमा कम्तीमा सात सात गोल गर्ने पहिलो फुटबलर समेत बनेका छन् । उनले कतारमा सम्पन्न २०२२ को विश्वकपमा सात गोल गरेका थिए भने जारी २०२६ को संस्करणमा पनि आफ्नो सातौँ गोल पूरा गरिसकेका छन् ।

यो सङ्ख्यासँगै उनी यस संस्करणको गोल्डेन बुटका प्रमुख दाबेदारमध्ये एक बनेका छन् । नकआउट चरणको यस खेलअघि मेस्सी र फ्रान्सका कप्तान किलियन एम्बाप्पे समान ६,६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा थिए ।

तर, केप भर्डेविरुद्धको यो गोलपछि मेस्सी एक्लै शीर्ष स्थानमा उक्लिएका छन्। यस खेलअघि नै मेस्सीले विश्वकपमा आफ्नो ३०औँ खेल पूरा गर्दै इतिहासमै सबैभन्दा धेरै विश्वकप खेल खेल्ने पहिलो फुटबलरको कीर्तिमान समेत आफ्नो नाममा लेखाइसकेका छन् ।


एम्बाप्पेको चम्किलो प्रदर्शनसँगै स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणम...

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी मेटलाइफ रंगशालामा भएको खेलमा स्विडेनमाथि ३(० को सहज जित निकाल्...

उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्...

काठमाडौँ ।  विश्वकप २०२६ को जारी संस्करण युरोपेली फुटबलका लागि निकै पीडादायी बनेको छ । उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र न...

मार्टिनेलीको इन्जुरी समयको गोलमा ब्राजिल विश्वकपको अन्तिम १६ मा, जापान पराजित

काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत सोमबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानलाई २,१...

ऐतिहासिक जित निकाल्दै क्यानडा पहिलोपटक विश्वकपको अन्तिम १६ मा

काठमाडौँ । दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै क्यानडा जारी फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनल अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिका...

विश्वकप २०२६ : इराकमाथि सेनेगलको ५–० को फराकिलो जित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफ्रिकी राष्ट्र सेनेगलले एसियाली प्रतिद्वन्द्वी इराकमाथि ५,० गोलको फराकिलो जित...

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएक...