शनिबार, २७ असार २०८३
नेपाली

खेलकुद

Main News Image

कोलकातामाथि गुजरात टाइटन्सको ५ विकेटले शानदार जित

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा कप्तान शुबमन गिलको उत्कृष्ट र विष्फोटक ब्याटिङको मद्दतले गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा भएको निकै रोमाञ्चक प्रतिस्पर्धामा गुजरातले कोलकाताद्वारा प्रस्तुत १८१ रनको लक्ष्यलाई अन्तिम ओभरमा पछ्याउँदै सफलता हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। कोलकाताका लागि क्यामरन ग्रीनले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा ७९ रनको योगदान दिएपनि टोलीका अन्य ब्याट्सम्यानहरूले भने गुजरातका बलरहरूसामु टिकेर खेल्न सकेनन् ।

गुजरातको बलिङतर्फ कागिसो रबाडाले किफायती बलिङ गर्दै ३ विकेट लिए भने मोहम्मद सिराजले पनि २ विकेट हात पारेर कोलकाताको मध्यक्रमलाई तहसनहस बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको गुजरात टाइटन्सको सुरुवात निकै सानदार रह्यो । टोलीका कप्तान शुबमन गिलले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ५० बलमा ८ चौका र ४ छक्कासहित ८६ रनको विष्फोटक इनिङ खेले ।


आईपीएल : चेन्नईको सानदार प्रदर्शन, कोलकाता ३२ रनले पराजित

काठमाडौँ । साविक विजेता चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ मा आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको...

सञ्जुको विष्फोटक शतकमा चेन्नईको पहिलो जित,दिल्ली २३ रनले पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा लगातार तीन हार बेहोरेको चेन्नई सुपर किंग्सले शनिबार राति दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित ग...

आईपीएल : राजस्थान रोयल्सको सानदार जित, बेंगलुरु ६ विकेटले पराजित

काठमाण्डौँ । गुवाहाटी इण्डियन प्रिमियर लिग आईपीएल २०२६ को १६औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । गुव...

स्थगित विश्वकप लिग–२ का खेल वैशाख १२ देखि काठमाडौंमा हुने

काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते अप्रिल २५ देखि मे ५ सम्म काठमाडौंमा सञ्चा...

भलिबलको एउटै टिममा एकै घरका ४ सदस्य

काठमाण्डौँ । म्याग्दीको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहा...

भारत तेस्रो पटक टी–२० विश्वकप च्याम्पियन

काठमाडौँ । आयोजक भारतले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले तेस्रो पटक टी–२० विश्वकप...