खेलकुद
आहा रारा पोखरा गोल्डकप माघ २७ देखि, १२ टिमबीच भिडन्त, विजेतालाई १२ लाख
पोखरा । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार २५औँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रस्पिर्धा गर्नेछन् । अध्यक्ष थापाले प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको जनाउँदै च्याम्पियन टोलीले १४ लाख एक हजार, उपविजेताले रु सात लाख एक हजार पाउने बताए ।
गतवर्ष उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । “प्रतियोगिताको आकर्षण बढाउने उद्देश्यले यसवर्ष विगतको तुलनामा पुरस्कार बढाएका छौँ भने रात्रिकालीन फुटबलले यहाँको फुटबल माहोल बढाउने विश्वास छ”, थापाले भने ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ । यसैगरी हरेक म्याचमा ‘मेन अफ दि म्याच’ पुरस्कार रु १० हजार र ट्रफी रहेको छ ।
ताजा समाचार
आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित
काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेड...
इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल
काठमाडौँ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्...
विश्वकपअघि क्यानडासँग भिड्दै नेपाल, मुम्बईका सबै खेलका टिकट सोल्ड आउट
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाली क्रिकेट टोलीले आज क्यानडासँग आफ्नो अन्तिम अभ...
आयो साफ यू–२० च्याम्पियनशिपको खेल तालिका, नेपाल समूह ‘ए’ मा
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङघ साफले माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल...
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी स...
टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै
काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल...


