शनिबार, २७ असार २०८३
नेपाली

खेलकुद

Main News Image

पूजा महतोको धैर्यपूर्ण अर्धशतकले नेपाललाई जितको बाटोमा फर्कायो

काठमाडौँ । पूजा महतोको अविजित अर्धशतकीय इनिङ्सको मद्दतमा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफूलाई जीवित राखेको हो ।

१३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। दबाबपूर्ण अवस्थामा पूजा महतोले संयमित ब्याटिङ गर्दै ५० बलमा चार चौका र दुई छक्कासहित अविजित ५२ रन बनाइन्। कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन जोडिन् भने बिलभ्ड बिजाले ३४ रन बनाइन्। मोडेस्टर मुपाचिवाले १४ रनको योगदान दिइन्।

नेपालका बलरहरू सामूहिक रूपमा प्रभावशाली देखिए। रिया शर्माले दुई विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान एक–एक विकेट लिए।

यस जितसँगै नेपालले प्रतियोगितामा आशा जोगाएको छ। अब नेपालले सोमबार स्कटल्यान्डसँग अन्तिम खेल खेल्नेछ, जहाँ जित अनिवार्य रहने दबाब कायमै छ।

आइसिसी वुमन्स टी-२० विश्वकप : नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौँ । आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार कीर्तिपुरस्थित त...

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ ए...

विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदा...

महिला टी–२० विश्वकप छनोट आजदेखि, १० मध्ये शीर्ष चार विश्वकपमा, नेपाल थाइल्याण्डस...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बाव...

टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाई

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिवार विशेष कार्यक्रम...

खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द, तत्काल राजीनामा पनि नदिने

काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन् । मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवा...