प्रहरी ‘अप्रेसन’ चलाउन देशभर परिपत्र, काठमाडौँमा मात्रै १५० जना पक्राउ
काठमाण्डौँ । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको हो ।
यो अप्रेसनअन्तर्गत पछिल्लो एक सातामा १८९ जना पक्राउ परेको भट्टराईले जानकारी दिए। ‘मुख्यगरी सार्वजनिक सेवा प्रवाहका नाममा दुःख, हैरानी दिने, सार्वजनिक स्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाएका हौँ,’ उनले भने, ‘यो अभियान जारी छ ।’
काठमाडौँका रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा निगरानी भइरहेको र त्यस क्रममा नितान्त गुण्डागर्दीमा संलग्न १६ जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूको संलग्नताका आधारमा कानुनी कारबाही गरिने अघि बढाइने उनको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ परेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको...
निर्वाचन प्रहरीको बिदाइ बिहीबार हुने
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि काठमाडौंमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक ह...
लागूऔषध नियन्त्रणदेखि बाढीमा उद्धारसम्म — प्रहरी निरीक्षक यादव बने ‘बेस्ट पुलिस अफ द मन्थ’
काठमाण्डौँ । काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक श्यामसुन्दर यादवलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरिएको छ । लागूऔषध नियन्त्रण अभियानमा सक्रिय भूमिका खेल्दै उनले धुलिखेल–११ बाट करिब १८ केजी गाँजा बरामद गर्न सफल...
सत्यको खोजमा समर्पित पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान’
काठमाण्डौँ । खोज पत्रकारितामार्फत सामाजिक न्याय, सुशासन र जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै खोज पत्रकार जीवन शर्मा सम्मानित भएका छन्। नेपाली समाजका ओझेलमा परेका सत्य, उत्पीडित समुदायका पीडा तथा भुइँमान्छेका आवाजलाई...
रौतहटमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते
काठमाण्डौँ । रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । स्थानीय हिन्दु समुदाय बाजा बजाउँदै जन्ती गएको विषयमा मुस्लिम समुदायले विरोध गरेपछि विवाद सुरु भएको थियो । बिहीबार राति नै एक चरण झडप भएको थियो । प्र...
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तरराष्ट्रिय...



