शनिबार, ०७ कात्तिक २०८३
नेपाली

बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते

Main News Image

एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । 

सोही घटनामा परी दर्जनौं घाइते भएको जनाइएको हो। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिलेसम्म थाहा नभएको बताएका छन् ।

कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला परेको र खोजी जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको निर्देशक चौधरीले बताएको हो । नागरिक सुरक्षा अधिकारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखाना बाट आगलागी शुरु भई नजिकैको रासायनिक गोदाममा फैलिएको बताएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

मध्यपूर्व युद्धविराम पछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट

काठमाण्डौँ । मध्य पूर्व युद्धविराम पछि श्रीलंकाले मंगलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताए...

अमेरिकाबाट ‘डिपोर्ट’ ३५ नेपाली स्वदेश आइपुगे

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्य...

अमेरिकामा बिरामी बोकेको विमान समुद्रमा खस्यो, सबैको मृत्यु भएको आशंका

काठमाण्डौँ । अमेरिकाको म्यासाचुसेट्सको तटबाट बेपत्ता भएको मेडिकल ट्रान्सपोर्ट विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ। हार्टबिट १०४ कलसाइन भएको उक्त विमान शनिबार बर्मुडाबाट बोस्टन जाँदै गर्दा बेपत्ता भएको थियो।

यद्यपि शनिबार साँ...

हर्मुजमा अमेरिकी नाकाबन्दीको असर : इरानले गुमायो झन्डै ५ अर्ब डलर आम्दानी

काठमाण्डौँ । सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज हर्मुज जलडमरूमध्यमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका कारण इरानले ठूलो आर्थिक क्षति बेहोरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हालैको रिपोर्टलाई उद्धृत गर्दै विभिन्न...

इरानको सर्वोच्च सुरक्षा प्रमुखमा पूर्व आईआरजीसी कमाण्डर मोहसेन रेजाई नियुक्त

काठमाण्डौँ । इरानका सर्वोच्च नेता मुजतवा खामेनीले पूर्व आईआरजीसी प्रमुख मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा पद ‘सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्’ को सचिवमा नियुक्त गरेका छन् । यस पदमा नियुक्त भएसँगै रेजाईले परिषद्‌मा खामेनीको प्रतिनिधिका रूपमा...

अमेरिका र चीनबीच व्यापार सम्झौताको खाकामा सहमति

काठमाडौँ । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन् । अमेरिकामा सामाजिक सञ्जाल...