बिहिबार, ०४ भदौ २०८३
नेपाली

काठमाडौँ महानगरभित्र १९ सय सहकारी, आधाले पनि बुझाउँदैनन् प्रतिवेदन

Main News Image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो । 

कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ ले मात्रै वार्षिक प्रतिवेदन बुझाउने गरेका छन् । कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार महानगरले यसअघि पटकपटक नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउनक आग्रह गर्दै आएको छ । लामो समयसम्म पनि विभिन्न बहानामा वार्षिक प्रतिवेदन नबुझाए कानुनी प्रक्रियामा जाने कामपाको तयारी छ ।  

mediabaaji add

सम्बन्धित खबर

भोजपुरमा धान उत्पादनमा गिरावट : अनियमित मौसमले किसानलाई सास्ती

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण भोजपुर जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्य...

इन्धनको मूल्यवृद्धिले १२५ ठेक्का रोकिँदै

चितवन । पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कमा काम हुन नसक्ने अवस्थामा पुगेको हो । कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस क...

सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए, अमेरिकी डलरको मूल्य घट्दा

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ । 

...

बीमा नगर्दा सरकारलाई महँगो पाठ, जेन–जी आन्दोलनको क्षति ८४ अर्ब नाघ्यो

काठमाडौं । सरकारी भौतिक संरचनाको बीमा नगरिँदा जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको आर्थिक भार सरकार आफैंले व्यहोर्नुपर्ने देखिएको छ । सार्वजनिक संरचना पुनर्निर्माण, मर्मत तथा नयाँ भौतिक सम्पत्ति खरिदका लागि मात्रै ३६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी...

अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा भैरहवा अवतरण गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ । हाल भारतको विमानस्थललाई आधार गरी डाइभर्ट...