पोल्यान्डमा १ हप्तामै २ नेपालीको मृत्यु
काठमाण्डौँ । पोल्यान्डमा झापाका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको निधन भएको १ हप्तामा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । कास्कीको मादी ११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको हृदयघातका कारण शुक्रबार १६ जनवरीमा मृत्यु भएको हो ।
गतवर्ष १६ भदौ २०८१ रोजगारीको सिलसिलामा नेपालबाट रोमानिया आएका सुमन ११ मे २०२५ देखि पोल्यान्डमा थिए। उनको श्रीमती र ७ वर्षका छोरा छन् । पोल्यान्डबाट १५० किलोमिटरमा रहेको प्लातेरुफको ओस्त्रोमेचिनमा रहेको टिएमएस ग्रुप कम्पनीमा उनी च्याउ उत्पादन गर्ने कम्पनीमा काम गर्थे । पहिले पनि तीन पटकसम्म श्वास(प्रश्वाससम्बन्धी समस्या भइसकेका सुमनलाई जनवरी १६ मा अचानक श्वास फेर्न गाह्रो भएर कोठामै बेहोस भएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
पोल्याण्डको सीमा बलियो बनाउन जर्मनीले सेना पठाउने
काठमाडौँ । जर्मनीले पोल्याण्डको पूर्वी सीमा बेलारुस र रूसी भूभाग कालिनिनग्रादसँग जोडिएको बलियो बनाउन आफ्नो सेनाको एउटा समूह पोल्याण्डमा पठाउने निर्णय गरेको छ। मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले ग...



