मङ्गलबार, २६ साउन २०८३
नेपाली

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी, अच्युत दुलाल पक्राउ

Main News Image

काठमाण्डौा । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पीडितबाट ३७ लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि वैदेशिक रोजगारीमा नपठाएको भन्दै परेको उजुरीका आधारमा विभागले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

mediabaaji add

सम्बन्धित खबर

६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पती शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो...

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीलाई चार र खाँणलाई दुई वर्ष कैद

काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका मुख्य अभियुक्त र मतियारहरूको सजाय निर्धारण गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनाराय...

विशेष ट्राफिक चेकिङमा २८ सवारी साधनका चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष सवारी जाँच अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २८ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको बल्खुस्थित कुमारी क्लब अगाडि विशेष चेकिङ अभि...

चारित्रिक प्रमाणपत्रमै कानुन उल्लंघनको विवरण उल्लेख हुने

काठमाडौँ । अबदेखि कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीबाट जारी हुने चारित्रिक प्रमाणपत्रमै अनिवार्य रूपमा उल्लेख गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार यस्तो विवरण समावेश हुँदा वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा व...

सिंहदरबार सुरक्षा कडा, गणमा एसपी थपिने

काठमाडौँ । सिंहदरबारमा आगलागीपछि त्यहाँको सुरक्षामा सरकार गम्भीर बनेको छ । गृहमन्त्रालयले सिंहदरबार गणलाई लक्षित गर्दै प्रहरी संगठनमा एसएसपी, एसपी र डिएसपीका ३–३ दरबन्दी थप गरेको छ। सिंहदरबार गणमा हाल डिएसपी इन्चार्ज रहेकामा अब एसपी राख्ने तयारी ग...

बेपत्ता पुष्पाको शव नदि किनारमा फेला

सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नद...