चारित्रिक प्रमाणपत्रमै कानुन उल्लंघनको विवरण उल्लेख हुने
काठमाडौँ । अबदेखि कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीबाट जारी हुने चारित्रिक प्रमाणपत्रमै अनिवार्य रूपमा उल्लेख गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार यस्तो विवरण समावेश हुँदा वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा विदेश भ्रमणमा गम्भीर असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई कानुन पालना गर्न सचेत गराइएको हो ।
गृह मन्त्रालयले अपराधसम्बन्धी राष्ट्रिय अभिलेखलाई व्यवस्थित बनाउन अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८१ कार्यान्वयनमा रहेको जनाएको छ । निर्देशिकाअनुसार मौजुदा कानुनी व्यवस्था, विधि र प्रक्रिया विपरीत गरिएका गतिविधिहरू चारित्रिक प्रमाणपत्र जारी गर्दा अनिवार्य रूपमा उल्लेख गरिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
सप्तरीमा पुजारीको गोली हानि हत्या
सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका ६ राजाचोक नजिकै सञ्...
दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो ।
भट्टको हकमा उनकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्द...
काठमाडौं उपत्यकामा २४ घण्टामा २२८ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा, मापसे गर्ने ८४ जना
काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २२८ जना सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परे...
ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन
काठमाण्डौँ । २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरी...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियारद्वारा सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतको धरौटी आदेशप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । उक्त प्रकरणमा संलग्न निर्माण कम्पनी चाइना सीएमसी इन्जिनिय...



