काठमाडौं उपत्यकामा २४ घण्टामा २२८ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा, मापसे गर्ने ८४ जना
काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २२८ जना सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।
कारबाहीमा पर्नेहरूमा सबैभन्दा बढी मादक पदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने ८४ जना रहेका छन् । त्यस्तै सिसीटिभीमार्फत निगरानी गरी ३९ जना र रातो बत्तीको उल्लंघन गर्ने ६ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसैगरी, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १ जना, सवारीको यान्त्रिक अवस्था ठिक नभएको १ जना, एकतर्फी सडकमा सवारी हाँक्ने २ जना र अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ७५ जना चालकलाई कारबाही गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रहरी ‘अप्रेसन’ चलाउन देशभर परिपत्र, काठमाडौँमा मात्रै १५० जना पक्राउ
काठमाण्डौँ । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टरा...
हनिट्रयाप प्रकरण : इन्स्पेक्टर शाहीसहित ५ जनाले पाए सफाइ
काठमाडौँ । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोप लागेको प्रकरणमा नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीसहित ५ जनाले अदालतबाट सफाइ पाएका छन् । मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले शाहीसहित भिमा...
वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप
वीरगञ्ज । वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीलाई चार र खाँणलाई दुई वर्ष कैद
काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका मुख्य अभियुक्त र मतियारहरूको सजाय निर्धारण गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनाराय...
काठमाडौँ विमानस्थलमा ३१ लाख रुपैयाँसहित दुई बंगलादेशी पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक करिब ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार दिउँस...
काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै
काठमाडौँ । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत के...


