लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकसहित ४ जना प्रहरी नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँको सितापाइलामा ट्राफिक सप्ताह अन्तर्गत आज ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरू नियन्त्रणमा आएका छन् । जसमा यात्रुवाहक बसका चालक ३ जना र भाडाको ट्याक्सी चालक १ जना रहेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण व्युरोबाट खटिएको संयुक्त टोलीले आज दिउँसो १८ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ४ ओटा सवारी साधनका चालकले लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको हो ।
नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ ।
यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलिपिन्समा, आशंका प्रदीप अधिकारीमाथि
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजना पक्राउ परेका छन् । उक्त समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र पठाउने...
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ, मुख्य अभियुक्त अझै फरार
वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरूलाई ज्यान मार्न...
ठगिएका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा
काठमाडौँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्माको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी स्क्यामिङ केन्द्रहरू चलाउने सङ्गठित आपराधिक समूहको फन्दामा परी बन्धक बनाइनेक्रम बढेको छ । कम्प्युटरसम्बन्धी ज्ञान भए...
रास्वपाको सदस्यता देखाएर गहुँ र चिनीको तस्करी गर्ने विकास लुनिया को हुन् ?
काठमाडौँ । एक खाद्यान्न व्यपारीले रास्वपाको सदस्य हुँ भन्दै खाद्यान्नको अबैध कारोबारमा संलग्न रहेको पाइएको छ । भन्सार बाहिरबाट वस्तु ल्याएर बिक्री गर्न पल्किएका ती व्यापारी ‘सिजनल’ रुप धारणा गरी ‘सिजनल’ तस्करीमा लागेका हुन् । बिराटनगरलाई आधार बनाए...
दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ
काठमाण्डौँ । दाङमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । एमालेको झण्डा जलाएको आरोपमा दाङको तलसीपुर ७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्य...
प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...



