सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने
सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको पहलमा जिल्ला प्रशासन कार्यालयमा आईतबार भएको छलफलमार्फत दुवै पक्षबिँच सहमति भएको हो । छलफलमा उद्योगले चालु वर्षको क्रसिङ प्रक्रियामा देखिने प्रदूषण नियन्त्रणका लागि उपाय अपनाउने प्रतिबद्धता जनाएको छ । यस्तै गत वर्ष चिनी मूल्य निर्धारणपछि किसानलाई दिन बाँकी रहेको रकम उद्योगले पूर्णरूपमा भुक्तानी गर्ने सहमति भएको प्रशासनले जानकारी दिएको छ ।
त्यसैगरी, अघिल्ला सञ्चालक राकेश कुमार अग्रवालले किसानलाई तिर्न बाँकी रकम एक महिनाभित्र भुक्तान गर्ने र उद्योग सञ्चालन सहज बनाउने उद्देश्यले दुवै पक्षले सहयोगी वातावरण बनाउने सहमति भएको छ ।
उखु बिक्री रकम माग गर्दै किसानहरूले गत आइतबारदेखि उद्योगको मुख्य गेटमा तालाबन्दीसहित धर्ना गर्दै आएका थिए । सहमतिपछि धर्ना बन्द गरिएको छ। किसानहरूका अनुसार २०७१÷०७२ को क्रसिङ सिजनदेखि बेचिएको उखुको पैसा उद्योगले आजसम्म बुझाएको छैन ।
उद्योगले बारम्बार आश्वासन दिए पनि करिब नौ करोड ७० लाख रुपैयाँ बराबरको रकम बक्यौता रहेको उनीहरूको दाबी छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जनैपूर्णिमाका लागि बजारमा जनैले भरियो बजार !
काठमाण्डौँ । आगामी भदौ १२ गते परेको जनैपूर्णिमालाई लक्षित गर्दै बजारमा जनै बिक्रीका लागि राखिएका छन् । जनैपूर्णिमाका लागि विभिन्न आकार र प्रकारका जनै पसलमा सजाएर राखिएको देखिन्छ ।
नागढुंगा सुरुङमार्गमा आजदेखि गाडी गुड्दै : नेपाल सुरुङ युगमा प्रवेश
काठमाडौँ । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले अन्ततः मूर्तरूप पाएको छ । सन् २०१९ नोभेम्बर १४ देखि निर्माण थालिएको बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रूपमा सवारीसाधन चलाउन थालिएको छ ।
सडक व...
नेप्से परिसूचक २६.०७ अंकले घट्यो, ११ अर्ब ९७ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो दिन आज सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको हो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ ।<...
कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड आईपीओ बुधबार बिहान बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको हो । यसअवधिमा धेरै लामो सार्वजनिक बिदा परेक...
कर्णाली प्रदेशमा बजेट कार्यान्वयनको कछुवा गति : ८ महिनामा विकास खर्च २० प्रतिशत मुनि
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई चौमासिक अवधि पार गरिसक्दा पनि बजेट कार्यान्वयनमा उत्साहजनक नतिजा देखाउन सकेको छैन । आर्थिक वर्ष २०८१,८२ को ८ महिना फागुन मसान्त बितिसक्दा प्रदेशको विकास बजेट खर्चको अवस्था अत्यन्तै निराशाजनक...
घरजग्गा कारोबार क्रमश: ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो
काठमाडौँ । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलनको मात्रा क्रमशः ओरा...



