शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

पाकिस्तानद्वारा अफगानिस्तानमा हमला गर्दा ४०० जनाको मृत्यु

Main News Image

काठमाडौँ । सोमबार राति पाकिस्तानले अफगानिस्तानमा पुनः हवाई हमला गरेको दाबी गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन् । उक्त आक्रमणमा ४०० जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको बताइएको छ ।

रिपोर्टअनुसार दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा विस्फोट र गोलीबारीको आवाज सुनिएको थियो । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलस्थित लागुऔषध पुनर्स्थापना अस्पतालमा बमबारी गरेको आरोप लगाएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

पुटिन-ट्रम्प वार्ता : रुसले अमेरिकालाई लाखौँ टन डिजेल दिने, युक्रेन संकटमा पनि छलफल

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन युद्धको समाधान, विश्वव्यापी ऊर्जा आपूर्ति, इरानको अवस्था र दुई देशबीचको सम्बन्धबारे शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्तापछि ट्रम्पले रुसले अमेरिका र विश्व...

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको खुलासा

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका छन् । फ्रान्सको एभियानमा जारी जीसेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमा...

कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु

काठमाण्डौँ ।दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिक...

अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला

काठमाडौँ । अमेरिका र इरानबिचको युद्ध झन् चर्किएको छ । युद्धविरामसम्बन्धी समझदारी भएको करिब ३० दिनपछि पुनः सुरु भएको द्वन्द्वमा अमेरिकाले लगातार १०औँ रात इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

इरानको बन्दर अब्बास, सिरिक, केश्म टापु, च...

उत्तराखण्ड केन्द्रविन्दु भएर ५.१ रेक्टरको भूकम्प, सुदूरपश्चिमका जिल्लाहरूमा पनि महसुस

काठमाण्डौँ । भारतको उत्तराखण्ड केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा पनि महसुस गरिएको छ। राति २२स्३८ बजे गएको यस भूकम्पको तीव्रता ५.१ रेक्टर स्केल मापन गरिएको छ।

भारतको उत्तराखण्ड राज्यस्थित नेपालको दार्चुलाबाट...

मध्यपूर्वको युद्धले एसियामा इन्धन सङ्कट : बङ्गलादेशमा सेना परिचालन, म्यान्मारमा सवारी चलाउन आलोपालो प्रणाली

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धनको गम्भीर अभाव र जनआक्रोश देखिन थालेको छ । विशेषगरी बङ्गलादेशमा स्थिति निकै तनावपूर्ण बनेपछि सरकारले प्रमुख तेल डिपो...