इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु
काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म एक हजार भन्दा बढी निशानाहरूमा आक्रमण गरेका छन् । पहिलो ३० घण्टामा दुई हजार भन्दा बढी बम खसालिएका छन् ।
फेब्रुअरी २८ तारिख अर्थात् फागुन १६ गतेदेखि शुरु भएको लडाइँको पहिलो दिन भएको बम विस्फोटमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो । आइतबार तीन अमेरिकी सैनिक पनि मारिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरूलाई सकेसम्म चाँडो मध्य पूर्व छोड्न आग्रह गरेका छन् । ट्रम्पले इरानमाथिको सबैभन्दा ठूलो आक्रमण अझै बाँकी रहेको बताएका छन् । सोमबार ह्वाइट हाउसमा एक विज्ञप्तिमा उनले इरानसँगको युद्ध ४(५ हप्तासम्म चल्न सक्ने बताएका थिए । तर आवश्यक परेमा यो अभियान लामो समयसम्म जारी रहनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
मध्यपूर्व युद्धविराम पछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट
काठमाण्डौँ । मध्य पूर्व युद्धविराम पछि श्रीलंकाले मंगलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताए...
इरानसँगको वार्ता सकरात्मक भएको ट्रम्पको दाबी
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा भएको प्रगति सकारात्मक रहेको बताएका छन् । हालै कतारमा भएका बैठकहरू समेत सकारात्मक रहेको उनको दाबी छ ।
बुधबार नर्थ डकोटाका लागि प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्...
इतिहासकै सबैभन्दा ठूलो समुद्री संकटको खतरा, बब अल-मन्डेब बन्द गर्ने चेतावनी
काठमाडौँ । इरान र अमेरिका इजरायल बीचको जारी युद्ध यस्तो बिन्दुमा पुगेको छ जहाँ सम्पूर्ण विश्व अर्थतन्त्र खतरामा परेको छ । खाडी क्षेत्रमा हर्मुज स्ट्रेट पहिले नै बन्द भइसकेको रिपोर्टहरूको बीचमा यमनका हुथी विद्रोहीहरूले अब बब अलमन्डेब स्ट्रेटलाई बन्...
‘टोकियो सप्ताह’को तयारी पूरा,पण्डित दीनबन्धु टोकियोमा
टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी, नेपालद्वारा कृतज्ञता व्यक्त
काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको ५४ औं राष्ट्रिय दिवस ईद अल एतिहादका वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्...
इरान-अमेरिका शान्ति वार्ता निष्कर्षविहीन
काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ । पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी...



