इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु
काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म एक हजार भन्दा बढी निशानाहरूमा आक्रमण गरेका छन् । पहिलो ३० घण्टामा दुई हजार भन्दा बढी बम खसालिएका छन् ।
फेब्रुअरी २८ तारिख अर्थात् फागुन १६ गतेदेखि शुरु भएको लडाइँको पहिलो दिन भएको बम विस्फोटमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो । आइतबार तीन अमेरिकी सैनिक पनि मारिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरूलाई सकेसम्म चाँडो मध्य पूर्व छोड्न आग्रह गरेका छन् । ट्रम्पले इरानमाथिको सबैभन्दा ठूलो आक्रमण अझै बाँकी रहेको बताएका छन् । सोमबार ह्वाइट हाउसमा एक विज्ञप्तिमा उनले इरानसँगको युद्ध ४-५ हप्तासम्म चल्न सक्ने बताएका थिए । तर आवश्यक परेमा यो अभियान लामो समयसम्म जारी रहनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ–सुकलाई प्रधानमन्त्री नियुक्त
काठमाण्डौँ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ–सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार घोषणा गरेका छन् । नियुक्ति आगामी जुलाई १ देखि लागू हुने जनाइएको छ। यससँगै हान ली जे म्युङको प्रशासनमा दोस्...
अमेरिका र चीनबीच व्यापार सम्झौताको खाकामा सहमति
काठमाडौँ । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन् । अमेरिकामा सामाजिक सञ्जाल...
होर्मुज खोल्न सहयोग नगरे नेटोको भविष्य ‘धेरै खराब’ हुन सक्ने ट्रम्पको चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले होर्मुज जलमार्ग खोल्न सहयोग नगरे उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो०को भविष्यका लागि ‘धेरै खराब’ हुनसक्ने चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्त...
जापानमा चौबिसै घण्टा सेवा दिने स्वचालित मेसिन संकटमा
काठमाडौँ । जापानको गल्ली–गल्ली र पर्यटकीय क्षेत्रमा देखिने चर्चित ‘भेन्डिङ मेसिन’ संस्कृति अहिले गम्भीर चुनौतीको घेरामा परेको छ। विश्वभर बढ्दो मूल्यवृद्धिको बाछिटाले जापानको यो स्वचालित खुद्रा व्यापारलाई पनि नराम्ररी प्रभावित पारेको छ ।
कुनै...
माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड‘
काठमाडौँ । हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्(झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भा...



