माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड‘
काठमाडौँ । हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्(झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भाग्न बाध्य हुनुभएको छ ।
सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएदेखि बारम्बार जनविद्रोह भोग्दै आएको माडागास्करमा यस पटक युवाले विद्रोहको नेतृत्व गरेको हो । माडागास्करमा दुई हप्तासम्म भएको खानेपानी र बिजुलीको नियमित आपूर्ति कटौती र महगीविरुद्ध भएको प्रदर्शन उहाँको राजीनामा माग्दै झन्(झन् चर्किदै जादाँ राष्ट्रपति एन्ड्री राजोएलिना देशै छाडेर भागेको अन्तर्राष्टिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
राष्ट्रपति विरुद्ध जेनजीले गर्दै आएको जेनजी माडा’ उपनामको प्रदर्शन सरकारको नियन्त्रण बाहिर गएसँगै ५१ वर्षीय राष्टपति राजोएलिना देश छोडेर भागेका हुन् । सोमबार राति, राजोएलिनाले आफूमाथि कथित ज्यान लिने प्रयास भएपछि ‘सुरक्षित ठाउँ’ मा शरण लिएको बताए पनि सांसदहरूले पद त्यागेको आरोपमा राजोएलिनामाथि महाभियोग लगाउने मतदान शुरु गर्नु केही घण्टाअघि उनले राष्ट्रिय सभा विघटन गर्ने घोषणा गरेक थिए ।
तर उनको घोषणालाई बेवास्ता गर्दै मतदान जारी रह्यो र सांसदहरूले राष्ट्रपतिलाई महाभियोग लगाउने पक्षमा भारी बहुमत ले मतदान गर । यस अघि शनिबार क्यापस्याट नामले परिचित शक्तिशाली सेनाको इकाईका सिपाहीहरूले अप्रत्याशित रूपमा आफ्नो ब्यारेक छोडेर प्रदर्शनकारीहरूको साथ दिएका सिपाहीहरूको विद्रोहको नेतृत्व गरेका कर्णेल माइकल रान्ड्रिनाइरिनाले अहिले स्थानिय संचारमाध्यम मार्फत सेनाले सत्ता सम्हालेको भनि उद्घोष गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नेतन्याहूलाई जीवित नछोड्ने इरानको धम्की
काठमाडौँ । इरानको रिभोलुसनरी गार्डसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लखेटेर मार्ने धम्की दिएको छ । इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधीको आरोप लगाउँदै आफ्नो आधिकारिक वेबसाइट ‘सिपाह न्यूज’मा चेतावनी दिएको हो। <...
हर्मुज जलघाँटीमा इरानले शुल्क उठाउन थालेपछि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध
काठमाडौँ । रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी स्ट्रेट हुँदै हुने समुद्री आवागमनबाट शुल्क असुल्ने इरानी निकायविरुद्ध अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ । तेहरानमाथिको आर्थिक नाकाबन्दी र दबाबलाई अझ कडा बनाउने उद्देश्यका...
इस्लामावादमा अमेरिका-इरान वार्ता : स्थायी युद्धविरामका लागि उच्चस्तरीय प्रयास
काठमाण्डौँ । लामो समयदेखि जारी युद्ध र तनावका बीच संयुक्त राज्य अमेरिका र इरानबीच स्थायी युद्धविराम र शान्ति स्थापनाका लागि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु भएको छ। दुई हप्ताको अस्थायी युद्धविरामपछि दुवै पक्षका प्रतिनिधिहरू...
बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते
एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
सोही घटनामा परी दर्जनौं घाइते भएको जनाइएको हो। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ...
मध्यपूर्व युद्धविराम पछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट
काठमाण्डौँ । मध्य पूर्व युद्धविराम पछि श्रीलंकाले मंगलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताए...
आणविक क्षमतामा सम्झौता नगर्ने इरानको अडान
काठमाडौँ । क्षेत्रीय तनाव उत्कर्षमा पुगेका बेला इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारेका छन् । अमेरिकी दबाब र युद्धविरामको अनिश्चित वातावरणका बीच राज्य...



